लालीगुराँस टिप्न प्रतिबन्ध

शनिबार, २३ चैत २०७५, २१ : ५१ डिबी बुढा

जुम्ला– चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको छ। चन्दननाथ नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायीक बन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको हो। जथाभाबी फूल टिप्पेर हांगा भाँचिएर गुराँसको रुख सुख्ने खतरा बढेकोले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक बनका अध्यक्ष विर्खबहादुर सार्कीले जानकारी दिए।  उनले भने, ‘गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलंगा देखि झण्डै आधा घण्टाको दुरीमा पर्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू फुल हेर्न जान्छन्। चुडेर लैजान्छन्। बर्षेनी फुल चुडेर ल्याउँदा लालीगुराँस नै संकटमा छ। राष्ट्रिय फुल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको स्थानीय बताउँछन्। 

फूल टिपेर सौन्दर्य बिगार्न थाले। लालीगुराँसले राताम्य हुने समयमै फुल टिपेर उजाड बनाइदिन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो। उनका अनुसार राष्ट्रिय फुल लालीगुराँसले बनको शोभा बढाइरहेको र फुल हेर्न जानेले फुल नै चुडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फुल चुड्न नपाउने गरी प्रतिबन्ध गरेको हो। 

उनले भने, ‘उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरी फुल टिप्न प्रतिबन्ध लगाएको हो। वन क्षेत्रमा अहिले गुराँस फुल्ने समय सुरु भएको छ। फुलेका गुराँसको सौन्दर्य हेर्न जानेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र सौन्दर्य गुम्ने खतरा बढ्यो। त्यसैले जंगलमा जानेले लालीगुराँस चुडाल्न पाउने छैनन्।  बनमा लालीगुराँस भएको ठाउँमा गएर फोटो खिच्न पाउँछन्। तर चुडेर ल्याउन पाउने छैनन्। वनउपभोक्ता समिति लालीगुराँस संरक्षणमा जुटिसकेको छ।’

अध्यक्ष सार्कीले गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको बताए। ‘गुराँस हेर्न मात्र पाइने, टिप्न नपाइने नियम बनाएका छौं’, सार्कीले भने, ‘फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वनको संरक्षणमा सहयोग पुग्ने भएको छ।’ यतिबेला जुम्लाका गुँरास फुलेकाले वनपाखा राताम्मे भएका छन्। बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ। 

शुक्रवार र शनिवार ढाणथपला बनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठुलो भिड लाग्छ। फूलको थुँगा टपक्क टिपेर शिरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन्। हिजोआज ढाँड थपला सामुदायिक वनमा  गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन्। कर्णाली प्राविधिक शिक्षालय पनि सो बनक्षेत्रमै पर्ने भएकोले त्यो क्षेत्र अहिले निकै चर्चामा छ। लालीगुराँस राष्ट्रिय फुल भएकोले फुलको सम्मान गर्न सबैले जान्नु पर्नेमा जोेड दिइएको छ। जुम्लामा रातो र सेतो दुबै प्रकारको लालीगुराँस पाउँछ। जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ। यो समयमा बिद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जंगल पुग्छन्।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad