coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हावाहुरी पीडितलाई कर्णाली प्रदेश सरकारको एक करोड

फाइल तस्बिर

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश २ का विभिन्न जिल्लाहरुमा आएका हावाहुरीबाट प्रभावितहरुका लागि एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट प्रभावित भएकाहरुका लागि प्रदेश २ ले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बारा, पर्सालगायतका जिल्लाहरुमा आएको हावाहुरीले ठूलो धनजनको क्षति भएकाले कर्णाली प्रदेश सरकारकातर्फबाट एक करोड राहत उपलब्ध गराउने निर्णय भएको बताए।

‘हावाहुरीले तराईमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ’, आन्तरिक मामिला मन्त्री भण्डारीले भने, ‘प्रदेश सरकारका तर्फबाट प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरेर एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेका छौं।’

यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पताललाई तीन सय शैय्या (रेफरल) अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको छ। ‘हाल ५० शैय्याको प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको तीन सय शैय्याको प्रेशरण अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भएको छ’, बैठकपछि मन्त्री भण्डारीले भने, ‘जनशक्ति र प्रविधि उपलब्ध गराउनेसहितका निर्णयहरु यसमा समेटिएका छन्।

प्रकाशित: २३ चैत्र २०७५ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App