coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आरसिटी र आर्मी सेमिफाइनलमा

सिन्धुपाल्चोक ए डिभिजन क्लब आरसिटीर विभागीय त्रिभुवन आर्मी दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्। 

सदरमुकाम चौताराको टुँडिखेलमा शनिबार भएको क्वार्टरफाइनलमा आरसिटीले बी डिभिजन क्लब मध्यपुर युथ एसोसियसन १–० गोलले हराएको हो। आरसिटीका लागि विदेशी खेलाडी साहिदजी एनोफोर्सले एक मात्र निर्णायक गोल गरे। 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको ६३ औँ मिनेटमा साहिदजीले उत्कृष्ट हेडिङ गोल गर्दै आरसिटीलाई सेमिफाइनल पु-याए। बलमा अधिकांश समय पकड जमाएको मध्यपुर गोलका लागि प्राप्त पटक–पटकको अवसर गुमाउँदा चुकचुकाउन पुग्यो।

खेलको अन्तिमतिर उसले गोलका लागि पाएको दुईटा अवसर सदुपयोग गर्न सकेन। खेल जित्न नसके पनि घरेलु दर्शकको मन जितेको आरसिटीका गणेश बुढाथोकी म्यान अफ द म्याच चुनिए। 

यसअघि शनिबारै भएको अर्को क्वार्टरफाइनलमा बी डिभिजनकै सामाजिक युवा क्लव कोटेश्वरलाई २–० गोलले पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मीले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो। दुवै गोल मध्यान्तरअघि भएको थियो। 

एकपक्षीय खेलको १० औँ मिनेटमा गोल गर्दै अमृत बस्नेतले आर्मीलाई अग्रता दिलाए। विपक्षी गोलकिपरले फर्काएको रिबाउन्डमा बललाई उनले गोलको दिशा दिएका थिए। ३७ औँ मिनेटमा दीप लामाले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीले आधा दर्जनभन्दा बढी गोलको अवसर गुमायो।

सामाजिक युथका गोलरक्षक अशोक तामाङ लगातार उसको बाधक बनिरहे। उनी नै खेलको म्यान अफ द चुनिए। दुबै म्यान अफ द म्याच खेलाडीले जनही नगद तीन हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए । 

यसअघि शुक्रबार भएको पहिलो क्वाटर फाइलन खेलमा जित्दै अर्को ए डिभिजन क्लव श्री भगवती टोखा अन्तिम चारमा पुगिसकेको छ।

उसले घरेलु टोली सिन्धुपाल्चोक युथ क्लवलाई ट्राइवे्रकरमा ५–३ गोलले पराजित गरेको थियो। ए डिभिजनकै अर्को विभागीय टोली सशस्त्र प्रहरी बल र क्षेमादेवी प्लानिङ बोइज पेप्सीकोलाबीच आइतबार हुने अन्तिम क्वाटर फाइनलबाट बिजेताको टुंगो लागेपछि सेमिफाइलन समिकरण पूरा हुने छ। चारवटै ए डिभिजन क्लबले सीधै बाई पाएर क्वार्टरफाइलनमा स्थान बनाएका थिए। 

प्रकाशित: २३ चैत्र २०७५ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App