coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस र ट्रक ठाेक्किँदा १६ जना घाइते

तनहुँ– तनहुँमा पृथ्वीराजमार्ग अन्तर्गत नारिघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ट्रक चालकसहित १६ जना घाइते भएका छन्।  आबुखैरेनीबाट डुम्रे आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते ४ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरुमा गोरखा नगरपालिका १३ का रोजिना नेपाली, मनोज नेपाली, भानु नगरपालिका १ की अप्सरा खवास र उनका चार वर्षीय छोरा आयुष खवास रहेका छन्। उनीहरुको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

अन्य घाइतेको आबुखैरेनीको छिमकेश्वरी अस्पतालमा उपचार गरिएको छ। दुर्घटनाग्रस्त बस, ट्रक र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान अगाडी बढाएको छ।  
 

प्रकाशित: २३ चैत्र २०७५ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App