coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

पोर्टल्यान्ड- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् । ‘विदेशमा छरिएर रहेका नेपाली खेल प्रतिभाहरूले देशको प्रतिनिधित्व गर्न पाउने वातावरण तैयार गर्नुपर्ने बेला आएको छ,’ शनिबार ओरेगन कन्भेन्सन सेण्टरमा एघारौँ अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन गरेपछि नागरिकन्युजसँग छोटो कुराकानी गर्दै विष्टले भने, 'अमेरिका जस्ता विकसित राष्ट्रले प्रतिभाशाली विदेशी खेलाडीलाई नागरिकता दिने गरेका छन् भने हामीले विभिन्न कारणले विदेशमा रहेका आफ्नै खेलाडीलाई अवसर दिने वातावरण मिलाउनुपर्छ ।'

विभिन्न कारणले विदेशमा बस्दै आएका खेलाडीमाथि राष्ट्रले लगानी गरिसकेको हुन्छ । त्यस्तो अवस्थामा एनआरएनअन्तर्गत एउटा टिम गठन गरी उनीहरूलाई विभागीय टोलीको हैसियतमा देशको प्रतिनिधित्व गर्ने अवसर जुटाएको खण्डमा राष्ट्रको लगानी खेर नजाने उनले बताए ।

यस सम्बन्धमा अझ अध्यनको खाँचो भएको तथ्यलाई भने उनले स्विकार गरे । खेलकुदमा राजनीति पसेका कारण नै खेलकुदमा यदाकदा विवाद देखिने गरेको बताउदै उनले हाल देशमा देखिएको तेक्वान्दो विवादको समाधानका तिनवटा मात्र उपाय भएको बताए ।

तेक्वान्दोको महासंघ बनाउने अथवा कुनै एउटा संघ अर्कोमा समाहीत हुने त्यो पनि नभएको खण्डमा आफूले कुनै एउटा संघलाई विगठन गर्न वाध्य हुने उनले बताए । उनले सरकार परिवर्तनले सदस्य सचिवको कार्यकालमा कुनै असर नपर्ने नजीर स्थापित भइ सकेको बताउदै आफ्नो कार्यकाललाई केही समय अघिको सरकार परिवर्तनले फरक नपार्ने विश्वास व्यक्त गरे ।

विदेशमा वस्दै आएका नेपाली खेलाडी तथा पूर्व प्रशिक्षकहरूको साझा संस्था युनिभर्सल युनाइटेड नेल्पिज तेक्वान्दो फेडरेसन (अनटिफ)को आग्रहमा नेपालमा सबै सुविधायुक्त तेक्वान्दो प्रशिक्षण केन्द्र निर्माणका लागि काठमाडौंको मूलपानी नजिकै राखेपले जग्गा उपलब्ध गराउने प्रस्ताव स्विकृत भइ सकेको बताए ।

शनिबार सम्पन्न एघारौँ अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगिताको उपाधि १२ स्वर्ण पदक सहित संयुक्त अधिराज्यले जितेको छ ।

प्रकाशित: २ कार्तिक २०७३ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App