कलेज लाइफ

बीपीको भाषणले फुराएको गीत

शनिबार, २३ चैत २०७५, १५ : २६ प्रजु पन्त

‘यो सम्झिने मन छ म बिर्सुँ कसरी, तिमी नै भनिदेऊ हे जाली निष्ठुरी’ स्वर सम्राट नारायण गोपालले गाएको गीत होस् या तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’ भन्ने गीत यस्तै चर्चित गीतका रचयिता हुन् दिनेश अधिकारी । पेशाले वकिल अधिकारीले दर्जनौँ गीत तथा सयौँ कविता लेखेका छन् । काठमाडौँस्थित पिंगलास्थान बस्ने अधिकारी सानै उमेरदेखि साहित्यमा लागेका हुन् । 

‘नागरिक परिवार’का लागि हामीले समय मागेपछि उनले हामीलाई घरमै बोलाएँ । हजारांै पुस्तक सजाएर राखिएको, गीतका एल्बमहरु, नेपाली साहित्यका मूर्धन्य साहित्यकारसँगको तस्बिर । त्यही तस्बिरको छेउमा थियो साहित्यकार एवं राजनीतिज्ञ बीपी कोइरालाले अधिकारीलाई पुरस्कृत गर्दै गरेको तस्बिर । त्यो तस्बिर हेर्दै मुसुक्क मुस्कुराएका उनी केही बेर रोकिएर गम्भीर भई भने, ‘उहाँ को चिन्नुहुन्छ ?’ ‘मैले बीपी कोइराला ?’ भनेर प्रश्नवाचक भावमा सोधेँ । ‘हो यो फोटो बीपीले दिनेश बाबुलाई दिन भन्नुभएर पाएको ।’

यो कुरासँगै हामीले कुराकानी अगाडि बढायौँ । घरी गम्भीर हुँदै त घरी मस्तसँग हाँस्दै  खुलेर कुराकानी गरे अधिकारी । 

४ बजेपछि चावहिल जान डराउँथ्यौँ 

कवि तथा गीतकार अधिकारीका बुबाले ३ वटा  विवाह गरेका थिए । उनकी आमा दोस्रो नम्बरकी थिइन् । उनका बुबाका ७ छोरा र ७ छोरी । उनी काहिँलो छोरा भए । अधिकारीले हाँस्दै भने ‘म ४ नम्बरको ।’ पुरानोबानेश्वरमा जन्मिएका अधिकारीको बाल्यकाल कहिले काठमाडौंकै धुम्बाराही त कहिले सर्लाहीको हरिवनमा बसेर बित्यो । उनको स्कुले शिक्षा पनि जताजता जान्थे उतै भयो ।
उनकी आमाले सर्लाहीको हरिवनमा बस्न रुचाइन् । दिनेश पनि आमाकै साथ लाएर सर्लाही नै बस्ने भए । उतैको स्कुल पढे । स्कुल पढ्दा आफ्नो पढाइ मध्यम रहेको बताउँछन् उनी । ‘मेरो पढाइ मध्यम थियो,’ दिनेश भन्छन्, ‘उत्पातै जान्ने पनि हैन नजान्ने पनि हैन ।’

नेपाल ल कलेज वर्षाैंदेखि सहभागी भए पनि पुरस्कार नै जित्ने भने दिनेश रहेछन् । भोलिपल्ट कलेजमा क्याम्पस चिफ सर्वाेच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह ले खोज्न पठाएछन् । जसै उनी क्याम्पस चिफको रुममा गए उनी फुरुङ परे, ‘धेरै राम्रो गरेछौ कलेजको नाम राखेछौ,’ उति बेलाको कुरा सम्झिँदै दिनेश भन्छन्, ‘उहाँले त मैले केही गर्न सक्दिन फ्रिसिप खुल्छ भर्नु भन्नुभयो । मैले भरेँ छात्रवृत्ति पाएर पढेँ ।’ 

स्कुल पढ्दा नै उनी काठमाडौँ आए । केही वर्ष नन्दीरात्रि स्कुल नक्सालमा पढ्न थाले । घरमा धेरै दाजुभाइ दिदिबहिनी भए पनि सबैको संगत भने दिनेशले गर्न पाएनन् । त्यतिबेलाको काठमाडौँ निकै नै सुन्दर र शान्त भएको दिनेश बताउँछन् । ‘चावहिलमा अपराह्नको ४ बजेपछि हामी जान डराउँथ्यौँ,’ दिनेश भन्छन्, ‘दिउँसो जाँदा खेतको आलीआली भएर जान्थ्यौँ ।’

दिनेश सानैदेखि व्यावहारिक थिए । घरको काम खेतबारीको काम मज्जाले गरेका हुन्थे । जसले गर्दा घरमा अरु सदस्यसँग झगडा नपरेको भन्ने बताउँछन् । दिनेशले स्कुले पढाइ पाटीमा सुकुल घरबाटै लिएर गएर मन्दिर छेउमा बसेर पढेका हुन् । ‘हाम्रो पालामा के को डेस्क बेञ्च हुनु,’ दिनेश भन्छन्, ‘घरबाटै ओछ्याउने कुरा लगेर पढेका हुन्थ्यौँ ।’

सर्लाही र काठमाडौँ गरेर पढेका दिनेश आखिरीमा सर्लाहीको चर्तुभुजेश्वर हाइस्कुलबाट एसएलसी दिए ।

गोरखापत्रमा नाम नआएपछि 

२०३२ सालमा एसएलसी दिए । एसएलसी दिइ सकेर उनी सर्लाहीबाट काठमाडौँ आए क्याम्पस पढ्न । जसै एसएलसीको नतिजा गोरखापत्रमा आयो उनको सात्तोपुत्लो गयो कारण उनको नाम गोरखापत्रमा थिएन । सबैले उनलाई फेल भएको भने । कतिले कस्तो पढेको भने कतिले अर्काे पालि राम्ररी दिनुभने । उनी सर्लाही  जानलाई गुदपाक र पुस्टकारी किन्न न्युरोड जाने भएपछि उनले दाजुसँग परीक्षा नियन्त्रण कार्यालयबाट डुप्लिकेट सर्टफिकेट निकाल्न पाँच रुपैँया मागे । ‘मुर्दालाई कात्रो’ दाजुको वचन सुने । दाजुले वचन लाएर दिएको पैसा लिएर उनी न्युरोडबाट परीक्षा नियन्त्रण कार्यालय पुगे । अहिले कुमारी हल रहेको ठाउँमा थियो परीक्षा नियन्त्रण कार्यालय ।

जसै उनले मार्कसिट हातमा लिए उनले मनभित्रको आक्रोश खप्न सकेनन् । उनी झडंग भए । अनि कराए । ‘के हो यस्तो गोरखापत्रमा नाम नआउने यहाँ पास ।’ यति भनेर के कराएका थिए भित्रको स्टाफले ‘के रे गोरखापत्रमा नाम थिएन ल हिडँ उसो भए हाकिमको मा ।’ उनलाई त्यतिबेला लाग्यो बेकार कराएँछँ । हाकिमले फेल गराइदियो भने । हाकिमले ढडड पल्टाएर हेरे बकाइदा दिनेश पास भएको देखे । त्यो पनि दोस्रो श्रेणीमा । अनि हाकिम देखि डराइरहेका दिनेशले भने, ‘यस्तो लापरबाही नि गर्ने हो सर दुनियाँको नजरमा त म फेल भएँ नि ।’ हाकिमले आखिर तपाईं पास भएकै हो भनेर सम्झाइबुझाइ गरेर पठाएछन् ।

उनी पास भए पनि सर्लाहीमा क्यारेक्टर सर्टिफिकेट लिन गए । जसै उनी सर्टिफिकेट लिएर क्याम्पस भर्ना हुन भनी काठमाडौँ आए तर क्याम्पस भर्ना हुन पाएनन् । भएछ के भने त्यतिबेला जुनसुकै क्याम्पस भर्ना हुन प्रवेशीका परीक्षा लिन्थ्यो । आफूले पढ्न कुन–कुन विषय चाहेको हो प्राथमिकता नम्बर १ २ गर्दै लेख्न पाइन्थ्यो । परीक्षा दिएपछि जुन विषयमा अब्बल नम्बर ल्याउँछन् । परीक्षा बोर्डले नै छानिदिएको कलेजमा गएर पढ्नुर्पथ्यो । दिनेशले पहिलो नम्बरमा मेडिकल साइन्स दोस्रो नम्बरमा वन विज्ञान राखे । ‘फर्म बुझाउनेको यति लाइन हुन्थ्यो कि हात मात्रै भित्र पस्थ्यो त्यो फर्म लिने मान्छेले हाम्रो अनुहार नै देखेको हुन्थेन,’ दिनेश भन्छन्, ‘ए वन विज्ञान छैन है भनेर कमर्स भरिदिएँ भनेर भित्रको मान्छेले भन्यो भीडले गर्दा मैले भो भन्न पाइनँ। दुर्भाग्य मेरो नाम कमर्समा नै निस्कियो ।’

सरस्वती कलेजमा निस्कियो उनको नाम कमर्स पढ्ने गरी । आर्टस पनि पढाइ हुने त्यो कलेजमा उनी क्याम्पस चिफलाई आग्रह गर्न गए । क्याम्पस चिफले त उनलाई उल्टो रिस देखाएर पठाए । ‘क्याम्पस चिफले त मलाई मेरो भतिजो त महेन्द्रमोरङ विराटनगर प-या छ तिमीलाई के को मिलाउनु,’ दिनेश भन्छन्, ‘त्यसपछि मेरो एक वर्ष ढिला भयो पढ्नलाई ।’

जब क्याम्पस प्रमुखले खोज्न पठाए

दिनेश २०३४ सालमा कानुन पढ्नलाई ‘नेपाल ल क्याम्पसमा भर्ना भए । देवकोटा जयन्तीको अवसरमा कार्यक्रम भयो । कविता प्रतियोगितामा उनले पनि सहभागिता लिए । त्यतिबेला राजेन्द्र सलभलगायतको कवितामा कलेजभरि वाहीवाही हुन्थ्यो । त्यही समारोहमा म तेस्रो भएँ । भोलिपल्ट उपत्यकाव्यापी अन्तरकलेज स्तरीय कविता प्रतियोगिता भयो । त्यो कवितामा  ल कलेजबाट सर्वोच्च अदालतका पूर्व न्यायाधीश दीपकराज जोशी पनि  सहभागी थिए ।  १८ वटा कलेजले भाग लिएको कार्यक्रममा प्रथम भए दिनेश । 

नेपाल ल कलेज वर्षाैंदेखि सहभागी भए पनि पुरस्कार नै जित्ने भने दिनेश रहेछन् । भोलिपल्ट कलेजमा क्याम्पस चिफ सर्वाेच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह ले खोज्न पठाएछन् । जसै उनी क्याम्पस चिफको रुममा गए उनी फुरुङ परे, ‘धेरै राम्रो गरेछौ कलेजको नाम राखेछौ,’ उति बेलाको कुरा सम्झिँदै दिनेश भन्छन्, ‘उहाँले त मैले केही गर्न सक्दिन फ्रिसिप खुल्छ भर्नु भन्नुभयो । मैले भरेँ छात्रवृत्ति पाएर पढेँ ।’ 

गोपाल पराजुलीको त्यो भाषण 

३६ सालको जनमत सङ्ग्रह विद्यार्थी आन्दोलनका कारण भएको हो । पाकिस्तानमा प्रजातन्त्रवादी नेता जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको विरुद्धमा  नेपालभरिका विद्यार्थीले आन्दोलन गरे । यसले राजनीतिक रुप लियो र त्यसैको परिणामस्वरुप जनमत सङ्ग्रह भयो । त्यो विद्यार्थीको आन्दोलन भने नेपाल ल क्याम्पसबाट सुरु भएको थियो । त्यसमा प्रत्यक्ष सहभागी दिनेश पनि भएका थिए । 

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका निरञ्जन थापा अध्यक्ष थिए । उनी ल क्याम्पसमै पढ्थे । पञ्चायतविरोधी काम भयो कि उनीहरुको राम धुलाई भेट्थे । तर बहुदल पक्षका विद्यार्थीले पाकिस्तानमा भएको घटनालाई लिएर आन्दोलन गर्ने निर्णय भयो । उनीहरुले सल्लाह गरे । पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली आरआर क्याम्पस साइडबाट आएर ल क्याम्पसको भवनमा उभिएर भाषण गर्ने र नेकपाको नेता विरोध खतिवडा दिनेश अधिकारीलगायतका दर्जनाैं विद्यार्थी ल क्याम्पसमै बस्ने कुरा भयो।

योजना मुताविक नै काम भयो । गोपाल पराजुली पछाडिबाट उक्लिएर आएर भाषण गरे । ‘त्यो आन्दोलन ल क्याम्पसबाट सुरु भएको हो,’ दिनेश भन्छन्, ‘पहिलो भाषण गोपाल पराजुलीले गरेका हुन् ।’

गोपाल पराजुलीले भाषणमार्फत विरोध गरे तत्कालीन पाकिस्तान सरकारको र प्रजातन्त्रको पक्षमा र सबै विद्यार्थीलाई गोलबद्ध पनि पारेँ । यो आन्दोलन त्रिचन्द्र, अस्कल हुँदै देशैभर फैलियो ।

विरोधसँगको दोस्ती 

विरोध खतिवडा र दिनेश अधिकारी जिग्री नै थिए । उनीहरु कयौँ रात सँगै सुते खाए । एउटै कलरको सर्ट लगाए । कतिले उनीहरुलाई जुम्ल्याहा पनि भने । हेटौंडामा रहेको विराधको घरमा पनि कयौँ पटक पुगे दिनेश । सर्लाहीको हरिवनमा पनि कयौँ पटक पुगे विरोध । 

विरोध राजनीतिक आन्दोलनमा थिए भने दिनेश साहित्यिक आन्दोलनमा । उनले कविता गीतमार्फत बहुदलको पक्षमा लागे । ३६ सालको आन्दोलन  उत्कर्षमा पुगेको थियो । हामी  बहुदलको पक्षमा अभिव्यक्ति, स्वतन्त्रताको पक्षमा कविता वाचन डिल्लीबजार पिलबोटमा भवानी घिमिरे, हरिभक्त कटुवाल, दिनेशसहित धेरैले कविता वाचन गरे । यो आन्दोलन देशैभरि फैलियो। 

आन्दोलन चलिरहेको बेलामा दिनेश पढाइमा डिस्टर्ब भयो भनेर सर्लाही गए ।

उनी आफ्नै कोठाभित्र बसिरहेका थिए । एक्कासि उनको बुबाले ‘ए दिनेश हेर हेर तेरो साथी रे यहाँ आएको छ ।’ हेटौंडाबाट भागेर लुक्नलाई विरोध पुगेका थिए । विरोधलाई दिनेशले सम्झाए ‘म केही साथी चिनाइदिन्छु । लुकेर बस्नु ।’ यति भनेर दिनेश काठमाडौं आए । उता विरोधले तिनै साथी मनाएर अर्काे विध्वंश गरेर भागे ।

‘सगरमाथाको शिखर’ भन्ने कविता देवकोटा जयन्तीको अवसरमा अहिलेको ह्वाइटहाउस कलेजमा जहाँ ठूलो चौर थियो । त्यहाँ भएको प्रतियोगीतामा प्रथम भएँ ।  बीपीले पुरस्कृत गर्नुभयो । ‘मेरो हैसियत बीपीजस्तो नेतासँग सवाल–जवाफ गर्ने थिएन,’ दिनेश भन्छन्, ‘उहाँको हातबाट पुरस्कृत हुन पाउनु मेरो अहोभाग्य हो ।’ 

रोध र दिनेशको मित्रता  त त  मा चल्छ । एक दिन दिनेशले चिठीमा तिमी लेखेरे पठाएछन् । त्यो बेला खुबै रिसाएछन् विरोध त्यसपछि आजसम्म उनीहरुको सम्बन्ध त त मै छ । ‘हामी यति मिल्थ्यौँ कि लुकाउनुपर्ने कुरा नै थिएन हामीसँग,’ दिनेश भन्छन्, ‘उति बेला फोनको जमाना थिएन सम्भवतः (शृङ्खला - अहिलेको मिस नेपाल) जन्मिएको बेलामा होला राति २ बजे म बाउ भए दिनेश भनेर फोन गरेको थियो ।’ 

३६ सालको आन्दोलन सकिएपछि विरोधले दिनेशलाई भनेछन् हेर अखिल बन्नुपर्छ । दिनेशले भनेछन्, ‘हेर तैले ठिक भनिस् आजबाट तेरो र मेरो राजनीतिक सम्बन्ध छैन । बाटो अलग हो ।’ अहिले पनि उस्तै दोस्ती छ तर राजनीतिक सिद्धान्त विलकुल फरक विरोध कम्युनिष्ट दिनेश प्रजातान्त्रिक तर कुनै दल विशेषको पनि सदस्यता लिएका छैनन् ।  

बीपीको भाषणले फुराएको गीत 

३६ सालमा बीपी कोइरालाले भाषण गरे ।  त्यो भाषणमा भावुक हुँदै दिनेशले भने ‘तपाईंलाई धेरैले निलोमा भोट (निलो भनेको बहुदल) भनेका होलान् मैले पनि भनेको छु । धेरैले पहेँलोमा भोट हाल भनेका होलान् तपाई अल्मलिनुहोला म आज तपाईंहरुसँग एउटा कुरा भन्छु देश विपत्तिको घडीमा छ । यो सत्य हो । यो सत्यलाई आत्मसाथ गर्नुस् अनि श्रद्धाले एक अञ्जुली माटो लिनुस् र माटोलाई सोध्नुस् । मेरो कर्म के हुनुपर्छ ? तपाईंलाई माटोले जे जवाफ दिन्छ त्यही गर्नुस् मेरा कुरा पनि बिर्सनुस् अरुको कुरा पनि बिर्सनुस् ।’ यो भाषण सुनेपछि दिनेशको  शरीरमा अर्काे तरंग आयो । त्यहाँबाट टुँडीखेलमा रन्थनिँदै आएँ । त्यहाँबाट प्रदर्शनी मार्गस्थित नेपाल ल कलेज आएँ बाटोमा गुनगुनाउँदै आएँ र गीत लेखेँ । पञ्चायत कालमा रेकर्ड भयो । अन्तरमर्म भने ‘उठाउ माटो लगाउ टीका देशको नाउँमा, सुनको टुक्रा लुकेको हुन्छ तन्नेरी पाउमा’ बीपीकै कारण लेखिएको यो गीत गाए केही बेर दिनेशले ।

‘सगरमाथाको शिखर’ भन्ने कविता देवकोटा जयन्तीको अवसरमा अहिलेको ह्वाइटहाउस कलेजमा जहाँ ठूलो चौर थियो । त्यहाँ भएको प्रतियोगीतामा प्रथम भएँ ।  बीपीले पुरस्कृत गर्नुभयो । ‘मेरो हैसियत बीपीजस्तो नेतासँग सवाल–जवाफ गर्ने थिएन,’ दिनेश भन्छन्, ‘उहाँको हातबाट पुरस्कृत हुन पाउनु मेरो अहोभाग्य हो ।’ 

हरिभक्त दाइको चिया 

साहित्यकार हरिभक्त कटुवालसँग राम्रै चिनापर्चा भएको थियो दिनेशको । घट्टेकुला आफ्नै घरमा बस्ने दिनेशसँग पैसाको गाह्रो भने थिएन । ‘कहिले काहीँ हरिभक्त दाईले ओइ दिनेश पाँच रुपैयाँ ले त भन्नुहुन्थ्यो,’ दिनेश भन्छन्, ‘अनि मैले दिन्थेँ र रक्सी खानुहुन्थ्यो ।’

तपाईको प्रेम सम्बन्धबारे बताउनुहोस् न । दिनेशले भने ‘मैले  कलेजमा प्रेम गरिनँ ।’ 

साच्चै ?
साच्चै नै हो । अलि अलि जिस्काउने त गरियो होला तर प्रेमै त गरिएन । विवाह पछि नै प्रेम गरियो ।

अन्तिममा मैले सोधेँ आजको दिनेश अधिकारी बन्न हिजो कलेजमा पढेको दिनले कत्तिको प्रभाव पा-यो त ?

दिनेशले एक वाक्यमा भने, ‘कलेज नपढेको भए आजको दिनेश अधिकारी भनेर जसरी चिनिन्छु त्यसरी चिनिदैनथेँ कि ।’








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad