शंखरापुर नगरपालिका वडा ६ साँखुमा यस्ता छन समस्या

शनिबार, २३ चैत २०७५, १३ : ०३ नागरिक

मेलको धुवाँधुलोले बस्न सकिएन
इन्द्रप्रसाद राज भण्डारी (स्थानीय, सुन्टोल)

यहाँको मुख्य समस्या भनेकै धुवाँधुलो हो। यहाँ दुई वटा धान कुट्ने मिल छ। तर, व्यवस्थित नगर्दा धुलो टोलभरी फैलिन्छ। यो ठाउँ एक ऐतिहासिक बस्ती भएकोले यो वडामा पिच गर्न पाइँदैन। ठाउँठाउँको सबै इँटा उप्किएको छ। त्यहाँबाट नि धुलो उड्छ। जसले गर्दा हाम्रो स्वास्थ्यलाई गम्भीर असर परेको छ।

खानेपानीको पनि समस्या छ। लफ्से फेदी र इँटाखेलबाट ल्याएको पानी फिल्टर नगरी टोलमा वितरण गरिएको छ। जसका कारण यहाँका सर्वसाधारण धमिलो पानी उपयोग गर्न बाध्य छन्। यहाँ तरकारी खेती गरिन्छ। तर, सिचाइँ अभाव छ। साँखु एक पर्यटकीय गन्तव्य भए पनि नगरपालिका र वडाले पर्यटकलाई कुनै सेवा सुविधा दिन सकेको छैन।

फोहोरमैला व्यवस्थापन भएन
राजेश  श्रेष्ठ (स्थानीय, सुन्टोल)

फोहोरमैला व्यवस्थापन नहुनु नै यहाँको मुख्य समस्या हो। समय–समयमा घरको फोहोरमैला वडाले लिन आए पनि सार्वजनिक ठाउँमा फालिएको फोहोर उठाएका छैैनन्। साँखुको पुरानो बसपार्क लगायत ठाउँमा फोहोर छ। व्यवस्थापन नहुँदा पर्यटक र सर्वसाधारण मुख थुनेर ओहोरदोहोर गर्न बाध्य छन्।

वर्षायाममा ढलको पनि समस्या हुन्छ। बाटोमा हालिएको इँटा मर्मत नगर्दा चिप्लो भएकाले दुर्घटना निम्तिएको छ। पौराणिक सहर साँखु भएकाले धेरै पर्यटक आउँछन्। तर, उनीहरूलाई पार्क, बस्ने बेन्च, सार्वजनिक शौचालय लगायतको सेवासुविधा छैन। नगरपालिकाले पुरानै शैलीमा घर बनाउनु भनेर स्थानीयलाई निर्देशन दिन्छ। तर, नक्सा पास गर्न आलटाल गर्छ। भर्खैरै नारायणी मन्दिर निर्माण सम्पन्न गरे पनि ठेकेदारको लापरवाहीले मन्दिरको छानो राम्रोसँग नहाल्दा चुहिएको छ। तर, मर्मतको लागि वडाले पहल गरेका छैनन्। यहाँका ढुंगेधारा सुक्दैछन्। झनै अब पानीको चरम हाहाकार हुने सम्भावना छ। यो बस्तीका सबै घर, जात्रा वडा कार्यालयले व्यवस्थित गर्नु पर्छ।

जनप्रतिनिधिले हाम्रो समस्या समाधान गर्न सकेन
विन्दा काप्ले (स्थानीय, पालुवारी साँखु)

चुच्चेपाटी, बौद्ध, जोरपाटी, साँखु, सडक खण्डमा पीच नहँुदा धुलो र हिलोले यात्रु हैरानी खेप्न बाध्य परेका छौँ। साँखुको बसपार्कमा पिच नभएको करिब पाँच वर्ष भयो। अहिलेसम्म पनि सडक पिच नहँुदा धुलोले बस्न सकेका छैनौ। यो टोल वरिपरि बसियो भने बेलुका बिरामी भएर अस्पताल जानुपर्छ। पानी पर्दा पनि सडक हिलाम्मे हुन्छ। ढल व्यवस्थापन नहँुदा वर्षायाममा ठूलो समस्या आउँछ।

ऐतिहासिक रहेको साँखुमा बिजुली, इन्टरनेटको तार अव्यवस्थित छन्। हावाहुरी चल्दा करेन्टको उच्च जोखिम छ। कुनै काम लिएर वडा कार्यालयमा ग¥यौँ भने कर्मचारीले भोलि आउनुस् भनेर दुःख मात्रै दिन्छन। जनप्रतिनिधिले भोट माग्दा फोहोर, ढल, खानेपानी, रोजगार समस्याको समाधान गछौँ भनेर स्थानीयलाई भनेका थिए। तर, ती आश्वासन पूरा गरिएका छैनन्। यस्ता समस्या अझै कायमै छ।   वडा विकासको लागि अगाडि बढ्न सकेन।

पर्यटकीय गन्तव्य बनाई सर्वोकृष्ट वडा बनाउने छु
राधाकृष्ण श्रेष्ठ (वडा अध्यक्ष)

चावहिलदेखि साँखु सम्मको १४ किलोमिटरको  सडक अझै पिच हुन सकेको छैन। जसले गर्दा सर्वसाधारणले हिलो र धुलोको समस्या खेप्नुपरेको छ। चुच्चेपाटीदेखि टुसालसम्मको पिच भएको छ। बाँकी साँखुसम्मको सडक पिच गर्नलाई हामीले ठेकेदार र केन्द्र सरकारलाई छिटो पिच गर्नलाई ध्यानाकर्षण गराउँदै आएका छौँ। नियमित काम भएमा पाँच–सात महिनामा नै पिच गर्न सकिन्छ। फोहोरमैला व्यवस्थापनमा निजी संस्थाले फोहोर उठाउँदै आएको छ। समय–समयमा फोहोर उठाउँदै आएकाले पहिलेको जस्तो समस्या छैन। हामी जनप्रतिनिधि भएर आएपछि यही टोलमा खानेपानीको पाइपलाइन विस्तार गरेका छौँ। करिब २५ वटा सार्वजनिक धारा राखेका छौँ।

आर्थिक वर्षमा ४५ वटा सार्वजनिक धारा बनाउने योजनामा छौँ। साँखु ऐतिहासिक ठाउँ रहेकोले भित्री सडक पिच गर्न मिल्दैन। त्यसैले इँटा हाल्दै आएका छौँ। यस वर्ष वडामा करिब चार करोड बजेट विनियोजन भएको छ। हामीले यही बजेटमा रहेर विकास निर्माणका काम गर्दै आएका छौँ। साँखु बसपार्क नजिकैको नारायणी मन्दिरको पनि पुनर्निर्माण गरिसकेका छौँ। ३३ सय वर्ष पुरानो मानिने यो साँखु ऐतिहासिक महत्व बोकेको ठाउँ हो। यहाँ राजकुलो बनाउने योजनामा छौँ। पुराताŒव विभागको समन्यमा भूकम्पले भत्काएका सम्पदा, कलश लगायत निर्माण गर्दै आएका छौँ। वडावासीले परम्पराको कलात्मक झ्याल ढोका बनाएर डिजाइन अनुसार घर बनाएमा एक लाख रूपैयाँ पुरस्कार दिने गरेका छौँ। हाम्रो उद्देश्य भनेको यहाँको कला, संस्कृति र इतिहास बचाउनु हो।

त्यसैले निरन्तर यसको संरक्षणमा लागेका छौँ। पर्यटकलाई सेवासुविधा दिनको लागि सार्वजनिक शौचालय भए पनि थप शौचालय निर्माण, बेन्च, बासको सुविधा दिने खालका योजना अघि सारेका छौँ। पर्यटक र सर्वसाधारणलाई सहज बनाउनको लागि सडकमा बत्ती राखेका छौँ। मैले सरकाले दिएको सेवा, सुविधा नलिई जनताको हितको लागि काम र सहयोग गर्दै आएको छु। मेरो कार्यकालमा ढल, फोहोरमैला, खानेपानी लगायत समस्याको समाधान गरी यो साँखुलाई अझै पर्यटकीय गन्तव्य बनाई सर्वोकृष्ट वडा बनाउने छु। मेरो विकासको कामलाई अघि बढाउन स्थानीयले सहयोग पनि गरेका छन्। अझै थप सहयोगको अपेक्षा पनि गर्छु। प्रस्तुति :श्याम राई

 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad