तीर्थस्थल

छिन्नमस्ता दर्शन

शनिबार, २३ चैत २०७५, १२ : ३७ अमृत भादगाउँले

सप्तरीमा छिन् छिन्नमस्ता देवी। उनको ठूलो महिमा छ। छिन्नमस्ता आफैंमा सिद्धपिठ र शक्ति पिठ भएकाले उनको भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पुरा भएपछि तिर्थालु पूजापाठसँगै बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

मुल मन्दिरमा सखडा देवीको मूर्ति छ। देवीको पाउमा मैशासुर बधको मूर्ति छ। छिन्नमस्ता परिसरमा गणेश, पञ्चमुखि हनुमान, पँचमुखि नाग, शनि आदिका मूर्ति छन्। संस्कृत विद्यालय पनि छ। त्यहाँ विशाल पोखरी (शान्ति सागर) पनि छ।

राजविराज बजारबाट १० किमि दक्षिणमा अबस्थित मन्दिरमा हरेक दिन भिड लाग्छ। नेपाली मात्रै होइन, बर्सेनी लाखौंको संख्यामा भारतीय पनि आउँछन्। बडादशैंको नवरात्र र नयाँ वर्ष वैशाख १ गते मन्दिरमा मेला लाग्छ। मन्दिरबाट २ किमि दूरीमा बिहार, भारतको सिमा छ। मेला भर्न भारतबाट बर्सेनी लाखौं भक्तजन आउँछन्। कान्छी कामाकोटी पिठ भारतका संकराचार्य जगद्गुरू जयन्द्र सरस्वतीको आज्ञा बमोजिम राजा वीरेन्द्र २०४३ सालमा छिन्नमस्ता दर्शन गरेका थिए। भारतका पनि ठूल–ठूला नेता तथा धार्मिक गुरूहरुले छिन्नमस्ता दर्शन गरिसकेको मन्दिरका पिठाधिश बताउँछन्।

छिन्नमस्ता सिद्ध पिठ र शक्ति पिठ मानिन्छ। देवीको भाकल गरेमा मनले चिताएको पुरा हुने जनविश्वास छ।

छिन्नमस्तामा ५ वटा ठूल–ठूला वैदिक यज्ञ भएका छन्। २०४५ सालमा सद्चण्डी रूद्र महायज्ञ, २०५९ सालमा सहस्त्र चण्डी रूद्र महायज्ञ, २०६० सालमा शिवशक्ति रूद्र महायज्ञ, २०७३ सालमा लक्ष्य चण्डी रूद्र महायज्ञ र २०७४ सालमा दशमहा विद्या सहरूद्र महायज्ञ भएको थियो।
मन्दिरको प्राचीन नाम शक्रेश्वरी हो जुन कर्णाटक वंशीय राजा शुक्रदेव सिंहसँग जोडिएको छ। छिन्नमस्ताका पिठाधिशका अनुसार पञ्चायतकालमा साबिकका लालापट्टि र सखडा गाउँ पंचायत मिलाएर एउटै गाउँ पंचायत बनाउने बेला नामको विषयमा बादविवाद भयो। त्यही बेला तत्कालीन अञ्चलाधिश सत्यनारायण झाले फ्याट्ट भनिदिए–लालापट्टि पनि होइन, सखडा पनि होइन यसको नाउँ छिन्नमस्ता गाउँ पंचायत हुनेछ। गाउँ पंचायतको नाउँ छिन्नमस्ता राखियो। त्यही बेलादेखि जनबोलीमा मन्दिरलाई छिन्नमस्तादेवी भन्न थालियो।

मन्दिर सेरोफेरोका ३ किमिमा कोशी, २ किमिमा त्रियुगा र २ किमिमा घोरदह नदी बग्छन्। मन्दिर क्षेत्रमा धर्मशाला, खाजाघर, फूल प्रसादी पसल र सामान्य होटल छन्। बास बस्नका लागि राजविराजमा सुविधायुक्त होटल छन्। छिन्नमस्ता दर्शनमा निस्कँदा नजिकैको हनुमाननगर पनि यात्रा गर्नु बेस हुन्छ। सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा बालक हनुमानको कालो मूर्ति छ। हनुमानका दुबै हातले आशीबार्द दिइरहेका छन्। यस्तो मूर्ति हनुमाननगर बाहेक अन्यत्र भेटिएको छैन। त्यसैले मन्दिर व्यवस्थापन समितिले ‘संसारकै एक मात्र कालो हनुमान’का रुपमा यसको प्रचार गर्दै आएको छ।

हनुमानको बास भएकाले हनुमाननगर भनिएको। हुनमान दर्शन गर्न नेपाली मात्र होइन, भारतका दिल्ली, मुम्बई, राजस्थान, कोलकाता र बिहारदेखिका तिर्थालु आउँछन्। भाकल पुरा भएपछि हनुमानलाई भक्तजनले लड्डु चढाउँछन्। कसै कसैले ५० किलो तौलको एउटै लड्डु चढाउँछन्। राजविराजबाट पूर्व ११ किमि दूरीमा छ हनुमाननगर। त्यहाँ सामान्य खाजा पसल छन्।

प्राचीन मन्दिर
महाकान्त ठाकुर, पिठाधिश

छिन्नमस्ताको प्राचीन नाम शक्रेश्वरी हो। हजार वर्ष अघि कर्णाटक वंशीय राजा शुक्रदेव सिंहले राजपाठ छाड्नु् भएछ। त्यतिबेला उहाँलाई आकाशवाणी भएछ, ‘हे राजन तिमी आफ्नो खञ्जर (तरबार) बोकेर कतै गैहाल। जहाँ तिम्रो तरबार खस्छ त्यहीँ तिम्रो राज्य हुनेछ।’

 

उहाँ आउँदा तरबार खसेको ठाउँ (खञ्जर) छिन्नमस्तादेवी भन्दा ६०० मिटर दुरीमा छ। त्यतिबेला यो क्षेत्रमा घनाजंगल थियो। उहाँले जंगल फडानी गर्दा पोखरी र गुफा भेट्नु भयो।

गुफामा देवीका मूर्ति भेटिए। फेरी आकशवाणी भएछ ‘जुन देवता तिमीले पायौ त्यो शक्तिशाली हो, राम्रोसँग पूजा गर।’ उनले पूजापाठ गरे। त्यही बेलादेखि देवीलाई शक्रेश्वरी भन्न थालियो। पछि अपभ्रंस हुँदै शखडादेवी भनियो। धेरै पछि मात्रै छिन्नमस्ता भन्न थालियो।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad