coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा ट्रककाे ठक्करले एक जनाकाे ज्यान गयाे, चालक फरार

चितवन - ट्रकको ठक्करबाट चितवनमा शनिबार बिहान एक जनाको ज्यान गएको छ।

भरतपुर महानगरपालिका १८ का ३२ बर्से मेघलाल तामाङको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर केन्द्रीय बस टर्मिनलबाट आँपटारीतर्फ जाँदै गरेको ना६ख ६५६६ नम्बरको ट्रकले भित्री बाटोबाट निस्किएको ना६३प ८२६ नम्बरको स्कुटरलाई मालपोत चोकनजिकै ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App