coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मौसम पूर्वानुमान गरी महाशाखाले निकाल्याे तीन दिनकाे तालिका

काठमाडाैँ - शुक्रबारदेखि देशभरको मौसम बदली भइरहेको छ। मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शनिबार बिहानैदेखि अँध्यारो हुने गरि  कालो बादल देखिएको छ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीले उक्त प्रणाली काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको बताइन ।

यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।

 

प्रकाशित: २३ चैत्र २०७५ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App