८ वैशाख २०८१ शनिबार
समाज

जीपको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

सर्लाही - जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ।  श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को. २ च २१० नम्वरको जीपले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

मध्यरातमा दुर्घटना हुँदा गम्भीर घाइते भएका रामलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगंज लैजाने क्रममा बाटाेमै मृत्यु भएको हो । दुर्घटनापछि जीप प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

यसैबीच शुक्रवार साँझ जिल्लाको लालबन्दी नगरपालिका–१, नवलुरमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको भारतीय बीआर ३० आर ६२०२ नम्वरको मोटरसाइकलले सोही ठाउँका पैदलयात्री ६५ वर्षीय जोगी दासलाई ठक्कर दिएर अनियन्त्रत भइ पल्टिएर दुर्घटना भएकाे हाे।

दुर्घटनामा पैदलयात्री दाससहित मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–१२ का ४९ वर्षीय भाग्यनारायण मिश्र र मलङ्गवा नगरपालिका–१२ कै सञ्जय कुमार यादव घाइते भएकाे प्रहरीले जनाएको छ । उनीहरुको नवलपुरमा उपचार भैरहेको छ ।

प्रकाशित: २३ चैत्र २०७५ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App