coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँपहिरोमा परी उपल्लो डोल्पाका तीन नागरिक बेपत्ता

डाेल्पा - हिउँपहिरोमा परी उपल्लो डोल्पाका तीन जना नागरिक वेपत्ता भएका छन । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ सेल्रीढुक्टास्थित शे गुम्बानजिकको हिउँपहिरोमा उनीहरु परेका हुन्। 

चैत्र १७ गते तीर्थव्रत गर्न कैलाशपर्वत जाने क्रममा उनीहरु हिउँपहिरोमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बेपत्ता हुनेहरुमा शे फोक्सुण्डो गाउँपालिका ३ का पुर्वा ठिन्ल्या गुरुङ्ग, पेमा कुन्साङ गुरुङ्ग, र फुन्छोक गुरुङ्ग रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताए। 

सोही क्षेत्रमा तीन महिनाअघि हिउँपहिरोमा परेर जुम्ला पातरासी लुम ४ का ५१ वर्षीय मागीराम नेपालीको बेपत्ता भएका थिए। एक सातादेखि उक्त क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भइरहेको छ। घटनास्थल सदरमुकाम दुनैदेखि ६ दिनको पैदल दूरीमा पर्छ।

 

प्रकाशित: २२ चैत्र २०७५ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App