७ वैशाख २०८१ शुक्रबार
राजनीति

जहाज खरीद प्रकृया सुरु गर्दै अनियमितताः समिति

काठमाडौं–जहाज किन्दा भएका कमिकमजोरी छानविन गर्न गठीत संसदीय समितिले आगामी हप्ता सरकारलाई प्रतिवेदन दिँदै छ। जहाज खरिदको विषयमा अध्ययन गरेर समितिले प्रतिवेदन दिन थालेको हो।

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्वन्ध समितिले विमान खरिद र समग्र नेपाल वायु सेवाको ओरालो लाग्नुको कारण खोज्न दीपकप्रसाद भट्टको संयोजकत्वमा एक समिति बनाएको थियो। उक्त समितिले विमान खरिदको विषयमा समग्र अध्ययन गरेको थियो।  

छानविन समितिका संयोजक दीपकप्रसाद भट्टले विमान किन्दा खरिद प्रकृया देखिनै त्रुटि हुने गरेको बताए। उनले भने, ‘हामीले समग्र विमान खरिदको विषयमा अध्ययन गरेका छौं। आगामी साता समितिमा प्रतिवेदन वुझाउँछौं।’

नेपाल वायु सेवा निगमले हरेक पटक जहाज किन्दा विवाद हुँदै आएको छ। पछिल्लो समयमा किनिएको वाइड वडीमा सार्वजनिक लेखा समितिले चार अर्बको अनियमितता भएको प्रतिवेदन यस अघि सार्वजनिक गरीसकेको छ।

वाइडवडी किन्दा भएको अनियमितताको विषयमा अहिले अख्तियारले समेत छानविन गरीरहेको छ। यसका अलावा महालेखा परीक्षकको कार्यालयले समेत यो विषयमा प्रतिवेदन तयार गरेको छ।

 

 

प्रकाशित: २२ चैत्र २०७५ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App