coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कता जाँदै छ नेकपा ?

काठमाडौँ - नेकपाका शीर्ष नेताबीच सहमति जुट्न नसक्दा पार्टी एकीकरणको बाँकी कामले पूर्णता पाउन सकेको छैन। यसका लागि केही प्रयास भए पनि जिल्ला तह, भ्रातृ संगठन तथा पार्टीमा रहेका विभिन्न कमिटी एकीकरण बाँकी छ। 

यसको जिम्मा सचिवालय सदस्यलाई दिइए पनि पार्टीका दुई अध्यक्षको अनिच्छाले नै पूर्णता प्राप्त गर्न नसकेको नेकपाका नेता कार्यकतामा बुझाइ छ। 

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएको थियो। तर, एकताको ११ महिना पुग्दा पनि प्रक्रियाले भने पूर्णता पाउन भने सकेको छैन। यसलाई लिएर पार्टीका नेता कार्यकतामाझ नै असन्तुष्टि बढिरहँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले केही समयअघि वैशाख १० गतेभित्र ‘चमत्कार’ हुने बताएका थिए। 

वैशाख १० गते कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दै छ। उक्त अवसर पारेर दुई पार्टीको एकीकरणको सम्पूर्ण कामले पूर्णता पाउने प्रधानमन्त्री ओलीले दाबी गरेका थिए।

पार्टी एकताका बाँकी काम टुंग्याउने जिम्मा सचिवालय र शीर्ष नेतालाई दिएको बताउँदै यसले पूर्णता पाउनेमा नेकपाका नेता अमिक शेरचनले विश्वास व्यक्त गरे।

पार्टी अध्यक्षद्वयसँग नजिक मानिएका एक नेताअनुसार एकीकरणको सम्पूर्ण प्रक्रिया वैशाख पहिलो साताभित्रै टुंग्याउने गरी काम भइरहेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल गुटलाई ‘पाखा’ लगाएरै भए पनि अघि बढ्ने सोच ओलीमा देखिँदै गएको पार्टीनिकट स्रोत बताउँछ। 

बिहीबार मात्रै नेपाल पक्षले ३० जिल्लामा आफूनिकट पक्षलाई पार्टीको जिल्ला अध्यक्ष वा सचिव दिनुपर्ने जिकिर गरेका थिए। उनका पक्षधरले जिल्लै तोकेर आफ्ना कार्यकर्ताको सूची नै सार्वजनिक गरेका थिए।  

पार्टी एकीकरणको बाँकी काममा नेपाल पक्षलाई पनि सँगै लिएर जाने मनस्थितिमा अध्यक्ष दाहाल देखिए पनि अर्का अध्यक्ष ओलीमा भने त्यस्तो सोच नरहेको स्रोत बताउँछ।

बिहीबार मात्रै नेपाल पक्षले ३० जिल्लामा आफूनिकट पक्षलाई पार्टीको जिल्ला अध्यक्ष वा सचिव दिनुपर्ने जिकिर गरेका थिए। उनका पक्षधरले जिल्लै तोकेर आफ्ना कार्यकर्ताको सूची नै सार्वजनिक गरेका थिए।  

प्रधानमन्त्री ओली डावोस सम्मेलनमा भाग लिन स्विजरल्यान्ड गएका बेला एकीकरणको थाँती रहेको कामका विषयमा दाहाल र नेपाललगायत नेताको बैठक बस्नुले पनि अध्यक्ष ओली संशकित बनेको बताइन्छ। 

पार्टीलाई पूर्णत एकलौटी ढंगले कब्जामा गर्ने गरी समायोजन प्रक्रिया अघि बढाइएकाे नेकपाकै एक नेताले आरोप लगाए। उनले भने, ‘पार्टीदेखि सरकार सञ्चालनसम्म हाबी हुने प्रक्रियास्वरूप यो आएको हो, यसले पार्टीलाई फाइदा गर्दैन।’

त्यसो त सरकार सञ्चालनका विषयमा नेकपाका अर्का अध्यक्ष दाहाल पनि सन्तुष्ट छैनन्। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रवीन्द्र अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीकै सामुन्ने सरकार सञ्चालनका विषयमा आत्मसमीक्षा गर्ने बेला आएको बताएका थिए। 

दाहालनिकट पूर्वमाओवादी केन्द्रीय नेताका अनुुसार एकीकरण प्रक्रियामा नेपाल पक्षलाई चिढ्याउने पक्षमा दाहाल नरहेको दाबी गर्छन्। दाहाल–नेपाल एक भए आफू कमजोर हुने बुझेर प्रधानमन्त्री ओलीले पार्टी एकताको विषयलाई लिएर यो सम्बन्ध(दाहाल–नेपाल) बिगार्न लागिपरेका पनि ती नेताले बताए। 

एकता प्रक्रियामा भएको ढिलाइलाई लिएर पार्टीमा असन्तुष्टि बढ्दै गएपछि गत पुसमा केन्द्रीय समिति बैठकले कार्यदल बनाई टुंग्याउने निर्णय गरेको थियो। कार्यदलले तोकेको समयमा काम गर्न पूरा गर्न नसकेपछि एकताको बाँकी पार्टी सचिवायमा सार्ने गरी गरी कार्यदल विघटन गरिएको थियो।

सचिवालयले उक्त प्रक्रिया पूरा गर्ने बताए पनि सचिवालयकै सहमतिमा अध्यक्षद्वयले नै गर्ने सहमति भएको हो। अध्यक्षद्वयले तयार पारेको सूची सचिवालयका अन्य सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत अन्य नेतासँग छलफल गर्ने बताइए पनि हाल अध्यक्ष मात्रैको सहभागितामा समायोजन प्रक्रिया पूरा गर्न लागेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो।

 

प्रकाशित: २२ चैत्र २०७५ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App