८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

सोल–  दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ।

देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ। राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो। यस प्रकोपको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका शुक्रबार यहाँका अधिकारीले पुष्टि गरेका छन्।

यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ। यस प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन्। यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए। उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिए। कडा हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ।

यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ। यस डढेलोको उद्वारकार्यको लागि अग्निनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्धारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ। (रासस)

प्रकाशित: २२ चैत्र २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App