७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

थाइल्यान्डको छ स्थानमा पुनः निर्वाचन हुने

बैंकक– मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्यान्डको निर्वाचन आयोगले जानकारी गराएको छ।

यसअघि सम्पन्न भएका तर विवादका कारण मत परिणाम घोषणा नगरिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। यद्यपि आयोगले निर्वाचनको मिति भने तय गरिसकेको छैन। ती स्थानमा गणना भएका मत र मतदानमा सहभागी व्यक्तिको संख्यामा निकै भिन्नता आएपछि परिणाम सार्वजनिक गरिएको थिएन। थाइल्यान्डमा गत मार्च २४ गते आमनिर्वाचन भएको थियो।

पुनः निर्वाचन गरिने स्थानहरूमा लाम्फाङ प्रान्तको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका दुई एकाई, यसोथोन प्रान्तअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ को एक एकाइ र फिसानुलुक प्रान्त निर्वाचन क्षेत्र नम्बर २ मा एक स्थान, बैंककको निर्वाचन क्षेत्र नम्बर १३ अन्तर्गत एक स्थान भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App