कोहलपुर–काठमाडौंबाट यात्रु ल्याएर नेपालगन्ज राँझा विमानस्थलमा अवतरण गरी रनवेबाट पार्किङ स्थलमा जाने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोकिएको छ। पंखामा चरा ठोकिएपछि विहान ९ बजेदेखि बुद्ध एयरको एटिआर– ७२ नम्बरको ९ एन–एजेएक्स कलसाइनको जहाजमा चरा ठोक्किएपछि विमानस्थलमा रोकिएको हो।
आइतबार विहान ९ बजेर ५ मिनेमा जहाज रनवेबाट पार्किङस्थलमा आउँदा चरा ठोकिएको बुद्ध एयर नेपालगन्ज स्टेशन प्रमुख बिनित शाहले बताए। जहाज ६ घण्टादेखि विमानस्थलमा रोकिएको छ। जहाज काठमाडौंकालागि उडान भर्न नसक्दा ७२ यात्रु अलपत्र परेका छन्। जहाजको इन्जिन र पंखामा खासै समस्या नआएको शाहले जनाए। प्राविधिक टोलीले इन्जिनमा कुनै समस्या भए÷नभएको अध्ययन गरिरहेको उनले जानकारी दिए।
काठमाडौंबाट बुद्ध एयरका ६ जना प्राविधिक र इन्जिनियरको टोली मर्मत गर्न राँझा विमानस्थल आइपुगेको छ। अर्को बुद्ध एयरको जहाज चार्टर गरेर इन्जियरको टोली प्राविधिक समस्या भए नभएको अध्ययन गर्न आएको हो।
प्रकाशित: १२ असार २०७३ ०९:५२ आइतबार