४ वैशाख २०८१ मंगलबार
राजनीति

हस्तक्षेपविरुद्ध आन्दोलन : देउवा

फाइल तस्बिर

विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन्। बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एसोसिएसनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्।

कर्मचारी, न्यायलय, प्रेस तथा लोकतन्त्रमाथि हस्तक्षप गर्ने ओली सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेकाले आन्दोलनका लागि सबैलाई तयारी अवस्थामा रहन उनले आग्रह गरे। ‘सरकार विरुद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनसक्छ,’ देउवाले भने, ‘सबै तयार रहनुहोस्।’ देउवाले ओली सरकारले मिडियालाई समेत नियन्त्रणको प्रयास गर्दै असहिष्णु रूपमा प्रस्तुत भइरहेको बताए। लुट्न सके लुट भनेजस्तो सबै क्षेत्रलाई आफ्नो अधिनमा राखेर लुट मच्चाउन सरकार उद्धत रहेको देउवाको आरोप छ।

नेपाली कांग्रेसले नै नेपालमा निजी क्षेत्रलाई सञ्चार माध्ययम, टेलिकमलगायतका क्षेत्रममा प्रवेश गराएको भन्दै देउवाले निजी क्षेत्रको सहयोगबिना देशको विकास असम्भव रहेको स्पष्ट पारे। ‘निजी क्षेत्रको सहयोगबिना देशमा विकास र समृद्धि सम्भावना हु“दैन,’ उनले भने। देउवाले राज्य नियन्तित्र मिडिया र टेलिकममासमेत प्रतिस्पर्धाका लागि कांग्रेसकै सरकारले निजी क्षेत्रलाई प्रवेश दिएको उल्लेख गरे। सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सेवा विस्तार गर्न अझै बढी प्रतिस्पर्धा आवश्यक रहेको पनि उनले बताए।

यसअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै देउवाले पार्टी सभापतिहरूले विशेष महाअधिवेशन आह्वान गरे सामना गर्न आफू तयार रहेको बताएका थिए। काठमाडौंमा कांग्रेसका असन्तुष्ट ५१ जना जिल्ला सभापतिले गरेको भेलाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले पार्टीले विशेष महाअधिवेशन नबोलाउने तर, सभापतिहरूले बोलाए सामना गर्न तयार रहेको बताएका हुन्। ‘पार्टीका असन्तुष्ट २०÷२५ जनाले महाअधिवेशन बोलाउ“छु भनेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘उनीहरूले विशेष महाअधिवेशन बोलाउनसके भने फेस गर्न तयार छु।’

सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग
वर्कस युनियनको महाअधिवेशन उद्घाटनसत्रका वक्ताहरूले सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि दबाब सिर्जना गर्न कांग्रेस सभापति देउवालाई आग्रह गरका छन्। सरकारले धेरै प्रचार गरे पनि व्यवहारमा भने सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षा ऐनका विषयमा प्रचार गर्न आक्रमक बनेको सरकार कार्यान्वयनमा सुस्ताएको गुनासो गरे। उनले सभापति देउवालाई सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि संसद्मा कुरा उठाउन र सरकारलाई दबाब सिर्जना गर्न आग्रह गरे।

आचार्यले भने, ‘औपचारिक क्षेत्रको मात्रै नभई अनौपचारिक क्षेत्रका मजदूर र स्वरोजगारलाई समेत सामाजिक सुरक्षामा समेट्न सरकारलाई संसद्मार्फत दबाब दिनुहोस्।’ ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, पूर्व अध्यक्ष खिलानाथ दाहाललगायतले सबै मजदूरको सामाजिक सुरक्षा ग्यारेन्टीका लागि सामाजिक सुरक्षा ऐन जसरी पनि कार्यान्वयनमा ल्याउन दवाब सिर्जना गर्न देउवालाई आग्रह गरे।

प्रकाशित: २२ चैत्र २०७५ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App