१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हावाहुरीपीडितका घर निर्माणकाे जिम्मा सेनालाई दिइने

काठमाडौं– बारा पर्साका आँधीपीडितका घर सरकारले बनाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार साँझ बारा र पर्सामा आएको अनौठो र भयानक आँधीबाट पीडत भएकाहरुको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो। 

सेनालाई जिम्मा दिइने घरको माडालिटी जनता आवास कार्यक्रमको जस्तो हुने सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। 

घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको बाँस्कोटाले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०७५ १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App