८ वैशाख २०८१ शनिबार
समाज

व्यस्त बन्दै मन्थली विमानस्थल

रामेछाप – प्रायः सुनसान देखिने जिल्ला सदरमुकाम मन्थली केही दिनदेखि व्यस्त देखिन थालेको छ। विमानस्थलमा विमान र पर्यटकको चाप एकाएक बढ्न थालेको छ। 

विमान कम्पनीहरुले विशेष अवस्था र आर्थिक हिसाबकिताबले फाइदा हुने भएपछि सोलुखुम्बु उडानका लागि प्रयोग गर्ने यो विमानस्थलमा पछिल्ला दिनमा उडान थप्न थालेका छन्। 

नागरिक उड्डयन प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि अप्रिलदेखि नै काम थालिएको छ। 

३ महिनाका लागि राति १० बजेदेखि भोलपिल्ट बिहान ८ बजेसम्म विमान आवगमनमा रोक लगाएपछि प्राइभेट विमान कम्पनीले लुक्लाका अधिकांश उडान मन्थली विमानस्थलबाट गर्न थालेका छन्। 

 प्राइभेट विमान कम्पनी तारा, सीता र समिट एयरलान्सले मन्थलीकै विमानस्थलमा अस्थायी कार्यालय नै खडा गरेर सोलुका लागि बाक्लै उडान गर्न थालेका छन्। यी विमान कम्पनीहरुले यसभन्दा पहिले पनि पर्यटकहरुको चापलाई ध्यानमा राखी मन्थली विमानस्थलमा पटक पटक उडान भर्दै आएका थिए। 

अहिले सगरमाथातर्फ जाने मुख्य सिजन भएका कारण पनि विमान मन्थलीमा पर्यटकको चाप बढेको हो।  मन्थली आकाशमा उज्यालो खुुल्न नपाउँदै उडान भर्न शुरु भइसकेको हुन्छ।

उडानका लागि सोलुको मौसमअनुकुल हुन्जेलसम्म उडान निरन्तर हुने गरेको छ। अपराह्नपश्चात सोलुखुम्बुको मौसममा बदली भएपछि उडान प्रभावित हुने र भोलिपल्ट बिहानीसम कुर्नुपर्ने अवस्था थियो। 

तर, मौसम अनुकुल भएसम्म दिनभरजसो नै उडान हुने गरेको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीले जनाएको छ। कार्यालयले बताएअनुसार बुधबारमात्र सोलुका लागि उडान र अवतरण गर्न ५२ पटक मन्थली विमानस्थलको प्रयोग गरिएको विमानस्थालका एटीसी प्रसाद निरौलाले नागरिकलाई बताए।

 

प्रकाशित: २१ चैत्र २०७५ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App