coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल ल्याटिन डान्स फियस्टा २०१९ सुरु

काठमाडौं– नेपाल ल्याटिन डान्स फियस्टा २०१९ विहीबारबाट काठमाडौंको ठमेलमा सुरु भएको छ। 

नेपालमा साल्सा डान्सको प्रचार, प्रवर्द्धन र प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय स्तरमा नै साल्सा डान्सलाई चिनाउन, साल्सा डान्सबाट नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन र साँस्कृतिक पक्षलाई समेत आदानप्रदान गर्ने उद्देश्यले ठमेलको छाया सेन्टरमा डान्स फियस्टा सुरु भएको हो। 

अन्तर्राष्ट्रिय स्तरकोे यो प्रतियोगिताको आयोजना २०१६ देखि नेपालमा साल्सा डान्सको विकासमा लागिरहेको फोर्ट साल्सा स्टुडियोले गरेको छ। प्रतियोगिताका लागि साल्सा डान्समा विश्व विख्यात प्रशिक्षकहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्पहरू, ५० औँ घण्टा बढीका वर्कसपहरू र पार्टी तथा साँस्कृतिक आदानप्रदानका कार्यक्रमहरु रहने छन्।

इभेन्टमा अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, चीन, स्वीटजरल्याण्ड, भारत लगायत ३० देशका २ सय जना सहभागी छन्।

प्रशिक्षकमा अस्ट्रेलियाका नेस्टर र रेबिका, ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू, पोर्चुगलका नेल्सन कम्पास, मलेसियाबाट कार्लनिस, भारतबाट याभित सिहं, बरुन डिएस राणा, दिप्ती सेठी रहेका छन्।

नेपालबाट आयोजक टिमका योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ प्रशिक्षकमा रहने छन्। अन्य प्रशिक्षकमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी रहेका छन्।

प्रतियोगितामा ३५ लाख खर्च हुने आयोजक योगेशराज श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०७५ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App