दुई सय १२ किलाे गाँजासहित दुईजना पक्राउ

बिहिबार, २१ चैत २०७५, १३ : २५ नागरिक

मकवानपुर - मकवानपुरबाट प्रहरीले दुई क्वीन्टल बढी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्। २ सय १२ किलोग्राम गाँजा र गाँजा बोक्न प्रयोग गरिएको पिकअप भ्यानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

बिहीबार  प्रहरीले पत्रकार समेलन गरी बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्वजनिक गरेको हाे । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएकाे टोलीले विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको पिकअप भ्यानलाई रोकेर जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा र ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले जानकारी दिए।

गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिपालभित्र प्लाष्टिकमा बेरेको अवस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad