१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको ‘हर्षमय नयाँ वर्ष २०७६’ योजना

काठमाडौं – सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ अवसरमा ‘हर्षमय नयाँ वर्ष २०७६’ नामको अफर प्रस्तुत गरेको छ। यस अफर अन्तर्गत ग्राहकले नयाँ वर्षको सुखद अवसरमा सामसङका सामान किन्दा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ।

यस अफरअन्तर्गत ग्राहकले सामसङ टिभी किन्दा ३२ प्रतिशतसम्म छुट पाउने जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, रेफ्रिजेरेटर खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ मेसिन खरिदमा १८ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।

सामान किन्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरी उपहार दिने कम्पनीको योजना छ। प्रथम हुने विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, दोस्रो हुनेले ४९ इन्चको कर्भ टिभी, तेस्रो हुने भाग्यशाली विजेताले सामसङको फाइभ इन वान कन्भर्टेबल रेफ्रिजेरेटर, चौथो हुनेले आठ केजीको फ्रन्टलोड वासिङ मेसिन तथा पाँचौं हुनेले २८ लिटरको हट ब्लास्टयुक्त सामसङको माइक्रोवेभ ओभन पाउने जनाएको छ। यो अफर चैत १९ देखि वैशाख ३१ सम्म रहने विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २१ चैत्र २०७५ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App