६ वैशाख २०८१ बिहीबार
अर्थ

एनआइसी एसिया बैंकको १५ नयाँ निक्षेप योजना

काठमाडौं – एनआइसी एसिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ। बैंकले २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो।

बैंकले चमत्कारिक बचत, चमत्कारिक नारी बचत, चमत्कारिक जेष्ठ नागरिक बचत, चमत्कारिक बाबुनानी बचत, चमत्कारिक विद्यार्थी बचत, चमत्कारिक स्वरोजगार बचत र कर्मचारीलाई लक्ष्य गरी चमत्कारिक तलब बचत खाता सञ्चालनमा ल्याएको हो। यो योजनाले आमजनतामा बचत गर्ने बानी बढाउने विश्वास बैंकले लिएको जनाएको छ।
यी निक्षेपमा १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाखसम्मको १८ घातक रोगको बिमा र एक लाख ५० हजारसम्मको औषधि उपचार बिमा पाउने बैंकले जनाएको छ। बैंकका अनुसार यसअन्तर्गत कर्जामा विशेष छुट र सहुलियतसहित २२ चमत्कारिक फाइदा छ।

यो चमत्कारिक बचत खाता बैंकको दुई सय ८१ वटै शाखा कार्यालय, अनलाइनबाट सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ। यो सुविधाबाहेक पनि पहिलोपटक स्विप–इन र स्विप–आउटको सुविधा तथा बचत खातामा मुद्दती खाताकै सुविधा पाइने बैंकले जनाएको छ। यसमा बैंकको कार्डबाट जुनसुकै एटिएममार्फत रकम निकाल्दा शुल्क नलाग्ने फाइदा समेत छ। बैंकले नारी बचत योजनामा सुनचाँदीका सिक्का उपहार दिने जनाएको छ।

बैंकका अनुसार घरमै बैंकिङ सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना, चमत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा दिने तलब खाता समेत सुरु गरेको छ।
 

प्रकाशित: २१ चैत्र २०७५ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App