विदेशी लगानी र विकास

बिहिबार, २१ चैत २०७५, ०९ : ५३ डा. सुरेन्द्र भण्डारी

विकास के हो र कसरी हुन्छ भन्ने सवालमा थुप्रै अनुसन्धान भएका छन्। सो क्रम निरन्तर छ। ठोस र सर्वमान्य निष्कर्ष अझै प्राप्त हुन सकेको छैन। सामान्यतया लामो समयसम्मविकासलाई व्यक्ति, समाज र मुलुकको आर्थिक वृद्धि र प्रगतिको मापकबाट बुझ्ने र विश्लेषणगर्ने गरियो।जसले एकांकीय अर्थशास्त्रीय दृष्टिकोणमात्रै झल्काउँछ।

एकांकीय अर्थशास्त्रीय दृष्टिकोणबाट माथि उठी समग्र मानव विकासको परिदृश्यबाट विकासलाई व्याख्या गर्न संयुक्त राष्ट्र संघले मूलतः तीनवटा मापक प्रयोग गरेको पाइन्छ। अर्थात् स्वास्थ्य, शिक्षा र आय जस्ता तीनवटा मापकका अधारमा विकासलाई परिभाषित गरिन्छ।सारतःयी मापक अन्योन्याश्रित छन्। त्यसैले यस लेखमा विकासलाई व्यक्तिको जीवनस्तरमा आउने गुणात्मक परिवर्तनसँग अन्तरसम्बन्धितरूपमा विश्लेषण गरी विदेशी लगानीको परिप्रेक्ष्यमा समीक्षा गरिएको छ।

कुल गार्हस्थ्य उत्पादन बढ्ला र त्यसले मुलुक समृद्ध भएको देखाउला तर आमनागरिकको जीवनमा परिवर्तन नआउन पनि सक्छ। केही व्यक्ति अकुतरूपमा सम्पन्न भएर मुलुकको कुल गार्हस्थ्य उत्पादन बढ्दैमा प्रत्येक व्यक्तिको जीवनस्तरमा गुणात्मक परिवर्तन नआउन पनि सक्छ। त्यसैले व्यक्तिको जीवनस्तरमा आएको गुणात्मक परिवर्तनको सापेक्षतामा विकास बुझ्ने र मापन गर्ने गरिएमा मात्रै त्यसले विकासको सही अर्थ दिन सक्छ। मानव विकास सूचकांकका केही तथ्यले मानव विकासको क्षेत्रमा नेपालले गरेको प्रगति आशाप्रद् नै देखाउँछ।  उदाहरणका लागि विश्व बैंकको तथ्यांकअनुसार सन् १९८१ मा नेपालको वयस्क साक्षरता केवल २०.६ प्रतिशत मात्रै थियो जुन सन् २०१५ मा ६४.७ प्रतिशतपुगेको छ। तर सन् २०११ यताको वृद्धिदर भने धेरै खस्केर केवल ८.४५ प्रतिशतमात्र हुन पुगेको छ। जुन वृद्धिदर सन् १९८१ बाट १९९१ मा ६०.२ प्रतिशत थियो। सन् १९८१ मा नेपालको युवा साक्षरता केवल ३० प्रतिशत मात्रै थियो जुन सन् २०१५ मा ८९.९ प्रतिशत पुगेको छ। तर सन् २०११ यताको वृद्धिदर भने धेरै खस्केर केवल ६.१२ प्रतिशतमात्र हुन पुगेको छ। जुन वृद्धिदर सन् १९८१ बाट १९९१ मा ६५.१३ प्रतिशत थियो।

व्यक्तिको जीवनस्तरमा आएको गुणात्मक परिवर्तनको सापेक्षतामा विकास बुझ्ने र मापन गर्ने गरिएमा मात्रै त्यसले विकासको सही अर्थ दिन सक्छ ।

सन् १९५० मा लगभग ३४ वर्ष मात्रै भएको नेपालीको सरदार आयु सन् २०१८ मा ७०.९ वर्ष पुगेको छ। जुन भारत र पाकिस्तानको भन्दा पनि बेसी छ। सन् १९५० मा ५ वर्षभन्दा मुनिका बालबालिकाको मृत्यु दर १००० मा ३४० थियो। जुन सन् १९९० मा १४१ मा झरेको थियो। सो दर सन् २०१५ मा आइपुग्दा झन्डै ३५ मा झरेको छ। सन् १९५० मा लगभग २.०४ प्रतिशतजनसंख्यावृद्धिदर भएकामा सन् १९९२ मा सो दर बढेर २.७२ प्रतिशत पुगेको थियो। सो सन् २०१५ मा १.१५ प्रतिशतमा झरेको छ।

सन् १९६० तिर केवल ५० करोड कुल गार्हस्थ्य उत्पादन भएको नेपालको अवस्था सन् १९९० मा झन्डै ४ खर्ब पुगेको थियो र सन् २०१७ मा लगभग ३३ खर्ब पुगेको छ। जुन नेपालका खर्बपति विनोद चौधरीको फोब्र्सले देखाएको सम्पतिभन्दा केवल १४.५ गुणा र एनसेलको कुल बजार मूल्यभन्दा १४ गुणामात्रै ठूलो छ। जुन एप्पल भन्ने कम्पनीको सन् २०११ मा भएको वार्षिक आम्दानी बराबर हो भने सन् २०१८ को एप्पलको वार्षिक आम्दानीको आधाभन्दा पनि कम हो। बैंक अफ अमेरिकाको सन् २०१८ मा भएको वार्षिक आम्दानीभन्दा झन्डै ४.५ गुणा कम हो। सन् १९६० मा नेपालीको प्रतिव्यक्ति आय केवल २६७ अमेरिकी डलर थियो जुन सन् २०१८ मा ८६२ अमेरिकी डलर पुगेको छ।

स्वास्थ्य, शिक्षा र आयकोमापकका अधारमा हेर्दा नेपालमा मानव विकासको क्षेत्रमा केही प्रगति भएको, खासगरी २०४७ सालमा प्रजातन्त्र स्थापना भएपश्चात विकासको गति बढेको देखिन्छ। तर प्रजातन्त्र आएको लगभग ३० वर्षमा जे÷जति उपलब्धि गर्न सकिन्थ्यो सो भने गर्न सकिएन।किन प्रजातन्त्र वा पछिल्लो समयमा भनिएको लोकतन्त्र र विकासको गतिमा असमानताको ठूलो खाडल देखापर्‍यो ? अर्थात् असमानताको सूचकका रूपमा रहेको नेपालको गिनी इन्डेक्स एक समय ४३ भन्दा पनि माथि पुगेको पाइन्छ।अर्को शब्दमा भन्दा गिनी इन्डेक्स जति बेसी हुन्छ। असमानता त्यति नै बेसी हुन्छ। केही व्यक्तिको हातमा राज्यको स्रोत र सम्पदा सीमित हुन गएका कारण केही व्यक्ति अकुतरूपमा धनी भएका छन्। खासगरी राजनीतिक वृत्त र तिनका नजिकका व्यक्तिहरू छोटो अवधिमा नै धनाढ्य बन्न पुगेका छन्। तर आमनेपालीको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन सकेको छैन।

नेपालको कुल गार्हस्थ्य उत्पादन सन् २०१७ मा लगभग ३३ खर्ब पुगेको छ । जुन नेपालका खर्बपति विनोद चौधरीको फोब्रसले देखाएको सम्पतिभन्दा केवल १४.५ गुणा र एनसेलको कुल बजार मूल्यभन्दा १४ गुणामात्रै ठूलो छ ।

मुलुकको यही परिदृश्यमा विदेशी लगानी सम्मेलन सम्पन्न भएको छ। सरकार र निजी क्षेत्रले विदेशी लगानीका लागि झन्डै ६ दर्जन आयोजना प्रस्तावित गरेकामा लगभग १२ अर्ब बराबरको लगानीको प्रतिबद्धता भएको छ। लगानीको वातावरण के÷कस्तो छ ? लगानीलाई सहज बनाउन प्रशासनिक र कानुनी संयन्त्र सहज छन्/छैनन् ?भन्ने सवाल अहम् नै छ तर यी पक्षमा भन्दा पनि विदेशी लगानीलाई विकासको आधार बनाउन के/कसरी सकिन्छ र के÷कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने सम्बन्धमा पर्याप्त ध्यान दिइ सोहीबमोजिमको नीतिगत र कानुनी संरचना बनाउन जरुरी देखिन्छ।

१. विदेशी लगानीको आवश्यकता : विदेशी लगानी भित्र्याउनुका पछाडि विदेशी मुद्रा स्वदेशमा भित्रने, रोजगारका अवसर बढ्ने, नागरिकले सेवा र सुविधा पाउने, राज्यको राजश्व बढ्ने, विदेशी प्रविधि देश भित्रिने र अन्तर्राष्ट्रिय व्यापार अभिवृद्धि हुने भन्ने नै मुख्य आधार हुन्। ती आवश्यकतापूरा नगर्ने विदेशी लगानी प्रत्युत्पादक हुन्छ।

२. एनसेलबाट सिक्न जरुरी छःएनसेलमा जम्मा विदेशी लगानी ८ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रामा अर्थात् सन् २००१ को दरमा लगभग १२०,०००.०० (अर्थात् १ लाख २० हजार अमेरिकी डलर) बराबर लगानी भएको थियो। तर एनसेलले प्रतिवर्ष अरबौँविदेशी मुद्रामा नाफा र प्रतिफल विदेश लैजान्छ। जसका कारण खाडीमा नेपाली युवाले काम गरेर सञ्चित गरेका विदेशी मुद्रा सञ्चयमा एनसेल एक्लैका कारण पनि कतिपय अवस्थामा ठूलै असर पर्ने गरेको छ। मानौँ, एनसेल जस्तै नाफा र प्रतिफल अरबौँको हाराहारीमा विदेश लैजाने अरु ५० वटा विदेशी कम्पनीनेपालमा हुने हो भने नेपालको विदेशी मुद्रा सञ्चयमा मुलुकले धान्नै नसक्नेगरी नकारात्मक असर पर्नेमा विवाद छैन। विदेशमा कम्पनी बेचबिखन गरी नेपालमा लाभ कर छल्ने प्रवृत्ति नरोकी विदेशी लगानीले मुलुकको हित गर्न सक्दैन। तर यी समस्या के÷कसरी समाधान गर्ने भन्नेबारे कुनै नीतिगत र कानुनी व्यवस्था नगरी केवल अन्धोरूपमा विदेशी लगानीका पछाडि दौडँंदा भोलि आइपर्ने संकटप्रति को जिम्मेवार हुने भन्ने प्रश्न उठ्छ। अन्ध विदेशी लगानीका नाममा मुलुकलाई क्षीण बनाउने कार्यबाट राष्ट्रघात हुन्छ भन्ने कुरा आज हामी सबैले बुझ्न जरुरी छ।

३. अन्तर्राष्ट्रिय व्यापार वृद्धि हुन जरुरी छ : विदेशी लगानीले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धि गरी विदेशी मुद्रा स्वदेशमा भित्र्याउन सक्नुपर्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी लगानीको प्रतिज्ञा भन्दा धेरै कम मात्रै वास्तविक लगानी हुने गरेको अवस्था एकातिर छ भने अर्कोतिर विदेशी लगानीको लगभग ७० प्रतिशत हिस्सा सेवा क्षेत्रमा सीमित भएका कारण विदेशी लगानीले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा खासै योगदान दिन सकेको छैन। अर्थात् विदेशी लगानीका कारण विदेशी मुद्रा आर्जन र सञ्चय गर्न सकिएको छैन।

४. घरानिया र धनाढ्यहरूका खल्तीमा लाभ वितरण : केही नेपाली घरानिया र धनाढ्यले राजनीतिक संरक्षणका अधारमा विदेशी लगानीकर्तासँग मिलेर नेपालमा विदेशी लगानी भित्र्याउँदा धनीहरू झनै धनी हुने, राज्यको स्रोत र साधन केही धनीको हातमा पर्ने तर आमनेपाली नागरिक उक्त स्रोत र साधन प्रयोगबाट वञ्चित हुनेमात्रै होइन कि असमानताको खाडल झन् गहिरो बन्ने हुँदा यस समस्याको सम्बोधन नगरी केही व्यक्तिको स्वार्थ पूर्ति हुनेगरी गरिने बिदेशी लगानीले मुलुकको हित नगर्न सक्छ। जसको परिणाम आज होइन, केही दशकपश्चात देखिनेछ।

५. नागरिक लगानी : मुलुकभित्र नागरिकले अपेक्षित मात्रामा सेयर किन्न वा लगानी गर्न पाइरहेका छैनन्। अर्थात् नागरिक लगानी गर्न चाहन्छन् भन्नेमा विवाद छैन। सरकारले नागरिकले लगानी गर्ने वातावरण सिर्जना गर्ने, त्यसको सुरक्षण गर्ने र जुन क्षेत्रमा नागरिकले लगानी गर्न सक्दैनन् वा प्रबिधि बजारमा उपलब्ध हुन सक्दैन त्यस्ता क्षेत्रमा मात्रै विदेशी लगानी खुला गर्नु उपर्युक्त  हुन्छ।

संक्षेपमा, विकासलाई टेवा दिन नसक्ने विदेशी लगानीले मुलुक समृद्ध बनाउन सक्दैन। विकास र विदेशी लगानीबीचको सम्बन्ध स्पस्ट पार्न नसक्ने र आमनागरिकले लगानी गर्न नसक्ने क्षेत्रमा मात्रै विदेशी लगानी भित्र्याउनु मुलुकका लागि हितकारक नहुन सक्छ। सस्तो लोकप्रियता बटुल्नका लागि गरिने विदेशी लगानी प्रत्युत्पादक हुन्छ।वरिष्ठ अधिवक्ता







यसमा तपाईको मत


अन्य समाचार

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...