coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशभर मौसम बदली, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान

काठमाडाैँ - देशका अधिकांश भुभागमा मौसम बदली हुँदा मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व र मध्य क्षेत्रमा बिहीबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्हरुको अनुमान छ। बाँकी क्षेत्रको मौसममा आंशिक बदली हुने महाशाखाले जनाएको छ। दिनभरजसो बदलीको अवस्था रहे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जनाइएको छ।  

यस्तै पश्चिमको पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि बादल लागेका छ । तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन्।

प्रकाशित: २१ चैत्र २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App