७ वैशाख २०८१ शुक्रबार
समाज

पीडितका लागि विविध सहयोग

वीरगन्ज – आइतबार साँझको विनाशकारी हुन्डरीबाट प्रभावितका लागि सहयोग जुट्न थालेको छ। मृतकका परिवारलाई प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टीका प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका तर्फबाट काजकिरिया सहयोग स्वरूप जनही ११ हजार रुपैयाँका दरले नगद वितरण गरेका छन्। आफूहरूले २८ परिवारलाई बुधबार नगद प्रदान गरिएको मन्त्री सोनलले बताए।

नेपाल सामान ढुवानी व्यवसायी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र वीरगन्ज ट्रान्सपोर्ट एसोसिएसनले संयुक्त रूपमा बुधबार एक विज्ञप्ति जारी गरेर राहतका सामान ओसारपसार निःशुल्क रूपमा गर्ने जानकारी गराए। उनीहरुले यस सेवाकालागि विभिन्न सम्पर्क नम्बर जारी गरेका छन्। यसमा ०१–४२८६३१२, ९८४१२८८९६१ (नेपाल सामान ढुवानी व्यवसायी), ०१–४६७१४५८, ९८५१०३०३३८ (काठमाडौं सामान ढुवानी व्यवसायी) र ९८४५०३३३६१ (वीरगन्ज ट्रान्सपोर्ट) सम्पर्क नम्बर रहेका छन्।

सीमावर्ती भारतबाट पनि स्थानीयले राहत सामग्री बाँडेका छन्। विभिन्न कर्पोरेट हाउसको पनि राहत वितरणमा अग्रसरता देखाएका छन्। काठमाडौंलगायत ठाउँबाट विभिन्न संस्था सहयोग लिएर आइएपुगेका छन्। स्थानीय प्रसाशनले समन्वय गर्न नसक्दा राहत वितरणमा भने विभिन्न समस्या देखिएका छन्।

प्रकाशित: २१ चैत्र २०७५ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App