८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तान हाम्रो असल मित्रः चीन

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो।

भारतको गोवामा भएको ब्रिक्स सम्मेलनपछि भारतीय समाचार संस्था पिटिआईलाई प्रतिक्रया दिंदै चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयुङले भने ‘ हामी कुनै पनि जाती वा धर्मलाई आतंकबादसँग जोड्ने कुराको विरोध गर्दछौँ, पहिले पनि हाम्रो अडान यहि थियो अहिले पनि यहि छ , पाकिस्तान र चीन एक असल मित्र हुन्।

उनले भारत र पाकिस्तान दुवै देश आतंकबादबाट पीडित भएको बताए। उनले भने ‘इस्लमाबादले आतंकबादका विरुद्ध लड्न धेरै बदिलानी गरेको छ र उसको यो बलिदानीको अन्तराष्ट्रिय समुदायले स्विकार गर्न जरुरी छ।

उनल चीन सधै आतंकबादको विरुद्धमा रहेको र कुनै पनि देशलाई आतंकबादसँग जोड्ने कुराको समेत विरुद्धमा रहेको बताउँदै अन्तराष्ट्रिय रुपमा एक भई आतंकबादकाविरुद्ध लड्नु पर्ने बताए।

 

 

 

प्रकाशित: १ कार्तिक २०७३ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App