७ वैशाख २०८१ शुक्रबार
समाज

नाटकमा महिनावारी, गोठ, बलात्कार र गर्भपतन

सुरक्षित गर्भपतन सम्बन्धि जानकारी नहुँदा घरमै गर्भपतन गराउन खोज्दा ज्यान नै गएको दृश्यमा अभिनय गर्दै कलाकार । तस्बिरः सुमन/नागरिक

मुगु– उमेरले पन्ध्र वर्ष टेकेकी टिउकीलाई आमाबुवाको दबाबमा पोल्लो गाउँका पन्ध्र वर्षकै राईदासेसँग पठाइयो। उमेरले दुवै जना किशोरावस्थामा छन्। घरायसी काममा सघाउनु पर्ने भन्दै उमेर नपुग्दै विहे गरिदिए अभिभावकले। उच्च शिक्षा दिनुपर्ने पिरलो आमाबुवामा थियो। दुवै पक्षका अभिभावकले २० वर्ष नपुग्दै विवाह गर्नु गैरकानुनी भएपछि अनौपचारिक रुपमा विवाह गराए।

प्रसंग सदरमुकाम गमगढीमा प्रस्तुत गरिएको सडक नाटकको हो। आइपास नेपालको आर्थिक सहयोग कर्णाली गरिबी न्युनिकरण तथा विकास मञ्चको आयोजना तथा कर्णाली नाट्य समूहको प्रस्तुति रहेको पछुतो नामक सडक नाटकले दर्शकको मन नै एकाग्र बनायो। सानै उमेरमा अर्काको घर जानुपर्ने, महिनावारी हुँदा घरभन्दा टाढा छाउ गोठमा बस्नुपर्ने र छाउ गोठमा बसेकै बेला आफन्तबाट बलात्कृत हुँदा पेटमा गर्भ रहनुपर्ने बाध्यताले ग्रामीण बस्तीका किशोरी चरम सामाजिक उत्पीडनमा परेको नाटकका दृश्यले मुगाली समाजको यथार्थ प्रतिबिम्वित गरेको थियो। महिनावारी भएको बेला घरबाट टाढा अलग गोठमा बस्दा बलात्कृत भएकी १५ वर्षे किशोरीको पेटमा रहेको गर्भ घरपरिवारले सामाजिक अपहेलना र बेइज्जत हुने डरले घरायसी विधीबाट गर्भपतन गराउन खोज्दा ज्यानै गएको नाटकको दृश्यले दर्शकलाई भावुक बनाएको थियो।

अनिच्छित गर्भलाई महिलाको मन्जुरीमा सरकारले तोकेका स्वास्थ्य संस्था, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित रुपमा गर्भपतन गराउन सकिने, जिल्लाभित्रै ९ देखि १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन सकिने, विशेष अवस्था र हाडनाता तथा जबरजस्ती करणीबाट रहेको गर्भ तथा महिलाको गर्भमा रहेको शिशु जन्मेर पनि अवस्था कमजोर छ भने गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन पाउने महिलाको अधिकार भएको भन्ने नाटकको मुख्य उद्देश्य रहेको कर्णाली नाट्य समूहका संयोजक गगनबहादुर बुढाले बताए।

जिल्ला अस्पतालमा १२ हप्ता सम्मको र जिल्लाका पुलु, जिमा, प्राथमिक स्वास्थ्य चौकी रातापानी र स्वास्थ्य चौंकी श्रीकोटमा ९ हप्ताको गर्भ सुरक्षित रुपमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट पतन गराउन सकिने जानकारी सर्वसाधारणमा नभएकाले सबैमा जानकारी होस भन्ने उद्देश्य सडक नाटक प्रभावकारी हुने कर्णाली गरिबी न्युनीकरण तथा विकास मञ्चका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले बताए।

प्रकाशित: २० चैत्र २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App