उदाउँदो चीन–११

विश्व बजारमा चीन यसरी बादशाह बन्यो

बुधबार, २० चैत २०७५, १७ : ०६ कैथ ब्रड्शर/ ली युआन

विश्व व्यापार संगठनमा चीन 

सन् १९९०को दशकमा चीन धनी भइरहेको थियो। तर चीनलाई त्यो विकास अपर्याप्त थियो।  त्यतिबेला पनि चीन संसारका कूल गरिबको पाँच भागमा एक भाग गरिब बस्ने देश थियो। मुद्रास्फिति घटबढ हुने भइरहेथ्यो जसले सरकारको सक्रिय भूमिकाको माग गरिरहेथ्यो। बेइजिङले राज्य–नियन्त्रित कम्पनीहरूलाई छरितो र प्रभावकारी हुन दबाब दिइरहेथ्यो। उक्त दबाबले लाखौं मजदुरहरूले जागिर गुमाइरहेथे। 

चीनलाई तिव्र आर्थिक वृद्धिको आवश्यकता थियो। त्यही वृद्धि हासिल गर्नका लागि चिनियाँ नेताहरूले विश्व व्यापार संगठन (डब्लुटिओ)का सदस्यता लिने निर्णय गरे। विश्व व्यापार संगठनको सदस्यताले एकातर्पm विश्व बजारमा चिनियाँ उत्पादनमाथि लाग्दै आएको करको दर घटायो भने विदेशी कम्पनिहरूलाई चीनमा थप लगानीका लागि विश्वासको वातावरण निर्माण गर्यो। त्यस्तै यो सदस्यताले चीनलाई मानवअधिकारको वार्षिक परिक्षणबाट पनि उन्मुक्ति दियो। 

विश्व व्यापार संगठनको सदस्यता लिँदै गर्दा चीन राजनीतिक र आर्थिक खुलापन अपनाउन बाध्य हुनेछ भन्ने बाँकी विश्वको अनुमान थियो। 

सन् २००० मा तत्कालीन  अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले त भनेकै थिए – ‘चीनले आफ्नो अर्थतन्त्रलाई जति खुला बनाउँछ त्यति नै उसले आफ्नो जनताको क्षमता पनि बढाउनेछ। उनीहरूको पहल, उनीहरूको कल्पना र उद्यमशील भावना बढ्नेछ।’

सन् २००१ मा विश्व व्यापार संगठनमा चीन प्रवेश गरेपछि तीन वर्षमै उसको निर्यात व्यापार दोब्बर भयो। चार वर्षमा त तेब्बर नै पुग्यो। विश्व भरका म्यानुफ्याक्चर कम्पनीहरू चीन प्रवेश गरे भने संसारभरका उपभोक्ताहरूले सस्ता सामान, खेलौना र फोन पाए। 


वार्ता र छलफलमा आधाउधि वर्ष खर्च गरेर भए पनि सदस्यता पाउनका लागि चीनले भरमग्दुर प्रयास गर्यो। उसले अमेरिका र अन्य देशका केही माग पूरा गर्यो। भन्सार शुल्क घटाउने सहमत भयो। टेलिकम्युनिकेसन, वित्तिय क्षेत्र र अन्य उद्योगलाई लगाइआएको व्यापार बन्देजहरू घटाउन तयार भयो। सरकारले दिने राहत र छुटहरू नियन्त्रण गर्न पनि सहमत भयो। 

बार्गेनिङको क्रममा चीनले जे चाहन्थ्यो त्यही पायो। ऊ विश्व व्यापारको बादशाह बन्न चाहन्थ्यो, बन्यो। 

सन् २००१ मा विश्व व्यापार संगठनमा चीन प्रवेश गरेपछि तीन वर्षमै उसको निर्यात व्यापार दोब्बर भयो। चार वर्षमा त तेब्बर नै पुग्यो। विश्व भरका म्यानुफ्याक्चर कम्पनीहरू चीन प्रवेश गरे भने संसारभरका उपभोक्ताहरूले सस्ता सामान, खेलौना र फोन पाए। 

‘चीनले विश्व व्यापार संगठनको सदस्यता पाउँदा म यति खुशी भएको थिएँ, मेरो आँखाबाट आँसु नै आएथ्यो’, हाङ्जु जिन्युआउन नामक बच्चाहरूको जुत्ता र अन्य सामग्री बनाउने कम्पनिका प्रमुख व्यवस्थापक झु दिङदिङ भन्छन्। 

सन् २०११ सम्म आईपुग्दा उनीहरूको उत्पादनको माग २००१ को तुलनामा १० गुणाले बढेको छ। उनले भोल्क्स्वागेन कार किन्नेगरी पैसा कमाएका छन्। तीनवटा त अपार्टमेन्ट नै किनिसकेका छन्। 

‘विश्व व्यापार संगठनले मेरो व्यवसाय ह्वात्तै बढाइदियो’, झु भन्छन्, ‘विश्व व्यापार संगठनबिना मैले यत्रो प्रगति गर्न सक्दिनथेँ।’

तर चीनले आफैमा त्यत्रो धेरै परिवर्तन भने ल्याएन। 

अर्थतन्त्रका उत्तोलकहरूमाथि बेइजिङको कडा नियन्त्रण कायमै राखेको छ। वित्तीय क्षेत्रमा खुलापन ल्याउने भनेर उसले गरेको प्रतिबद्धता पूरा गर्न पनि उसले ढिलाई गरिरहेछ। टेलिकम्युनिकेसन लगायतमा त उसले खुलापन ल्याउने संकेत नै दिएको छैन। आफ्ना व्यवसायिक र राजनीतिक उद्धेश्य पूरा हुने गरी उसले उच्च गतिका रेल र सोलार प्यानलजस्ता व्यवसायको वृद्धिमा जोड दिइरहेछ। उसले अझै पनि मुद्राको मूल्यमाथिको नियन्त्रण छोडिसकेको छैन। 

चीनले विश्व व्यापार संगठनका सबै मान्यतालाई जस्ताको तस्तै नस्विकारे पनि उसको सदस्यताले अमेरिका लगायत ठूलो झड्का भने दिएको छ। अमेरिकाले उसको सदस्यताले विश्व व्यापारमा यत्रो प्रभाव पार्ला भनेर आकंलन नै गरेको थिएन। तर चिनियाँ सस्ता सामानले अमेरिकी देखि विश्व बजारमै नयाँ युगको शुरुवात गरेका छन्। चिनियाँ सस्ता सामानकै कारण अमेरिकाको दक्षिण क्यारोलिनाका टेक्स्टाइल मिल, जापानका सर्किट बोर्ड कारखाना र इटालीका फ्यासन डिजाइनिङ उद्योग बन्द भए। एक अध्ययनका अनुसार सन् १९९९ देखि २०११ को बीचमा चिनियाँ सामानको निर्यातले अमेरिकाका म्यानुफ्याक्चरिङ कम्पनीका १० लाखको जागिर गुम्यो। अन्य उद्योगमा पनि त्यस्तै प्रभाव पर्यो। 

सन् २०१६ को निर्वाचन प्रचारमा डोनाल्ड ट्रम्पले भनेका थिए, ‘विश्व व्यापार संगठनमा चीनको प्रवेशले हाम्रो देशको इतिहासमै सबैभन्दा बढी जागिर खोसेको छ।’

के चीनले संसार जोगाउन सक्छ? 
 

सन् २००८ मा विश्वकै वित्तीय प्रणालीले गम्भिर संकट सामना गरिरहँदा एकजना प्रभावशाली चिनियाँ नेताले अमेरिकाका तत्कालीन वित्तीय मन्त्री हेनरी एम. पाउलसनलाई नसिहत दिए। 

त्यसरी नसिहत दिने चिनियाँ नेता थिए, वाङ छिसाङ। उनी खुला बजारका पक्षपातीबाट केही सिक्नुपर्छ भन्ने चिनियाँ नेतामध्ये एक थिए। तर उनले पाउलसनलाई भने चीनले पश्चिमाहरूको विचार पर्याप्त मात्रामा सुनिसकेको बताए। 

‘तपाईं मेरो शिक्षक हुनुहुनथ्यो तर अहिले म मेरो शिक्षक मातहत छु र तपाईंको प्रणाली हेरिरहेछु’, पाउलसनका अनुसार वाङले भनेका थिए, ‘हामीले तपाईंहरूबाट सिकिरहेछौँ भन्नेमा म हामी विश्वस्त छैनौं।’

विश्वव्यापी वित्तीय संकटबाट कोही पनि अछुतो रहेन। वासिङटनले वालस्ट्रिट र डेट्रोइटलाई ऋण संकटबाट उकास्यो। यसको प्रभाव नयाँ राष्ट्रपति बाराक ओबामाले भोग्नुप¥यो। राहत प्याकेजको आकारबारे उनी र कंग्रेसबीच विवाद नै भयो। यृुरोपले पनि कुनै एक देशमात्र संकटमा फस्नबाट जोगाउन सकेन जसले गर्दा युरोेपेली युनियनमै विभाजन आयो। 

संकटको शुरुवातमा चीनलाई खासै प्रभाव नपरे पनि अन्ततः उसले पनि त्यसको सामना गर्नैपर्यो। चीनको निर्यात व्यापारमा ह्रास आयो। विदेशी बजार सुकेपछि आर्थिक वृद्धिमा सुस्तता आयो। कारखानाहरूले मजदुरलाई कामबाट निकाल्न थाले। पछि विश्व बैंकले गरेको अनुमान अनुसार ३६ करोड चिनियाँ मजदुरहरूले जागिर गुमाएका थिए। 

सरकारी नियन्त्रण बिना वित्तीय संकटको सामना सम्भव छैन भनेर यो संकटले देखायो जसले मिल्टन फ्रायडम्यानजस्ता खुला बजारका पक्षपातीलाई गलत साबित गरिदियो। 

आफ्नो अर्थतन्त्र उकास्न बेइजिङले करिब ६ खर्ब अमेरिकी डलर बराबरको बजेट विनियोजन गर्यो। उसले देशभरी रेलमार्ग, राजमार्ग, उर्जा प्रवाह र अन्य ठूला पूर्वाधार निर्माणका लागि बजेट छुट्यायो। 

त्यसपछि उसले उधारो दिन थाल्यो। चीनको केन्द्रिय बैंकले देशभर पैसा प्रवाह गर्न थाल्यो। चीनका आर्थिक नेताहरूले राज्य–सञ्चालित बैंकहरूलाई ऋण प्रवाह गर्न निर्देशन दिए। राज्य सञ्चालित कम्पनीहरूलाई निर्माण र लगानी गर्न भनियो। उनीहरूलाई सहयोग गर्न स्थानीय नेताहरूलाई आदेश दिइयो। एउटा अपेक्षा अनुसार तीन वर्षमा एक सय ४० खर्ब डलर तीन वर्षमा प्रवाह गरियो।

त्यतिबेलै सञ्चारमाध्यमले आफ्ना हेडलाइनमा सोध्न थाले, ‘के चीनले संसारलाई जोगाउन सक्छ ?’

केही हदसम्म चीनले यो परिस्थितिमा राम्रै भूमिका खेल्यो। पूँजीवाद अपनाउँदै गर्दा उसले आफ्नो कोष जनतासँग हुने बचत हो भन्ने पहिचान गर्यो। अहिले उनीहरूको बचत दर अमेरिकाको भन्दा तेब्बर छ। 
सरकार नियन्त्रित बैंकिङ प्रणाली भएकाले चीनले आफ्ना बैंकहरूलाई दुःखमा परेकालाई ऋण प्रवाह गर्न बाध्य बनाउन सक्छ। उसले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता लगानीकर्ता र संस्थाहरूले दिने खुला बजारको सल्लाहलाई बेवास्ता गर्नसक्छ। 

चीनले देशबाट बाहिर जाने रकममा पनि नियन्त्रण गरेको छ। उसले विदेशमा कति मानिस जाने भन्ने नियन्त्रण गरेको छ र आफ्नो मुद्रा रेन्मिन्बीको मूल्यमा पनि कठोर नियन्त्रण राखेको छ। 

चीन र बाँकी विश्वमा यही फरक छ। ऊ तीव्र गतिले अगाडि बढेको छ। विश्व अर्थतन्त्रमा उसको आर्थिक वृद्धि एउटा चम्किलो विन्दु बनेको छ। वासिङटनले सात सय ८७ खर्ब अमेरिकी डलर बराबरको बजेट वित्तीय संकटबाट उकास्न खर्च गर्ने निर्णय गरेको थियो। उसले अर्को वर्ष पनि यो प्याकेज पूरा गर्नेछैन। अमेरिकी अर्थतन्त्रले आर्थिक मन्दी पन्छाउन सक्दैन। 

चिनियाँ मोडलको परिक्षण
 

चिनियाँ सुधारलाई सही बाटोमा ल्याउन तङ स्याओपिङले दक्षिण चीनको यात्रा गरेको २५ वर्ष पछि सि जिङफिङले आफ्नै नयाँ योजना थालेका छन्। 

सन् २०१८ को अक्टोबरमा सिले दक्षिणी चीनको ग्वाङदोङ प्रान्तको भ्रमण गरे। तङले जस्तै उनले नयाँ व्यवसायको भ्रमण गरे। उनीहरूको कामको परिक्षण गरे। मजदुरहरूसँग गफ गरे। उनले उपकरण कम्पनी र अटो पार्ट्स कम्पनीहरूको भ्रमण गरे। चिनियाँ अर्थतन्त्रमा साना व्यवसायको भूमिकाको तारिफ गरे। ती साना व्यवसायप्रति सरकारको प्रतिबद्धता विचलित नभएको उनले बताए। 

‘चीनको खुलापन र सुधार कहिल्यै रोकिने छैन’, सुधारको दशक पूरा भएको उपलक्ष्यामा आयोजित एउटा प्रदर्शनीमा सि जिङफिङले भने, ‘अर्को ४० वर्षमा चीनले संसारलाई छक्क पार्ने गरी नयाँ उपलब्धी हासिल गर्नेछ।’

धेरै हदसम्म सिको भनाई यथार्थसँग मेल खाँदैन। तङ स्याओपिङले चिनियाँ अर्थतन्त्रलाई राज्यको नियन्त्रणबाट बाहिर ल्याएका थिए भने सि उल्टो बाटोमा हिँडेका छन्। 

कर्जा नियन्त्रण गर्नको साटो उनले प्रवाह गरिरहेका छन्। विश्वकै प्रविधि जगतमा उत्कृष्ट हुनको साटो उनले देशको उदाउँदो इन्टरनेट उद्योगलाई पार्टी र राज्यको नियन्त्रणमा राखिरहेछन्। उद्यमीहरूलाई उकास्नुको साटो उनले राज्य नियन्त्रण बढाईरहेछन्। 

उनले केही मामूली सुधार भने गरेका छन्। जस्तै मुद्राको नियन्त्रणमा केही कमी ल्याएका छन्। उनले विदेशी बैंक र गाडी निर्मातालाई चीनमा प्रत्यक्ष कारोबार गर्न छुट दिएका छन्।  

तर अहिले चिनियाँ अर्थतन्त्र फेरी राज्यतिर फर्किएको छ। चिनियाँ अर्थतन्त्र कमजोर भएको छ। आर्थिक वृद्धि घट्दो क्रममा छ।  

वित्तीय संकटपछि चीन र विश्वकै अर्थतन्त्र उकासेको भनिएको ‘उधारो दिने र खर्च गर्ने परिपाटी’ले चीनलाई ठूलो ऋणमा फसाइदिएको छ। चीनले साँच्चै के पायो भन्ने हिसाब गर्न गाह्रो छ। उसलाई अहिले ४१ ट्रिलियन अमेरिकी डलर बराबरको ऋण लागेको छ। यो भनेको चीनले तीन वर्षको आर्थिक उत्पादन बराबर हो। 

चीनलाई आफ्नो अर्थतन्त्र उकास्न गाह्रो भइरहेको छ। सन् २००८ मा भन्दा अहिले चीनको अर्थतन्त्र मुश्किलले तीन गुणा बढेको छ। 

आर्थिक वृद्धि गर्ने अनुमान गरिएको विमानस्थल र राजमार्ग परियोजना महंगा छन्। तिनले कमैमात्र आर्थिक वृद्धि गर्नसक्छन्।  

अर्कोतर्फ बाँकी विश्ले पनि चीनको खुलापनको गति र उसको महत्वाकांक्षालाई चुनौती दिन थालेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि व्यापार युद्ध थालेका छन्। 

अमेरिकाले थालेको यो व्यापार युद्धले चीनको व्यापार प्रणालीमा तनाव सिर्जना गरिदिएको छ। खासगरी चीनको सामान र सेवा निर्यात व्यापारमा प्रभाव परेको छ। त्यो भनेको चीनको कुल उत्पादनको पाँच भागको एक भाग हो। अमेरिकाले विश्व व्यापार नियम उल्लंघन गरेका भनिएका चिनियाँ कम्पनीविरुद्ध कडा नीति लिएको छ। 

अर्को आधारभुत परिवर्तन हो, चिनियाँ नेताहरूले नयाँ नयाँ परिक्षणका लागि ईच्छा गुमाइरहेछन्। घट्दो आर्थिक वृद्धि र अन्य सामाजिक समस्याबाट मुक्त हुन पार्टीले नियन्त्रणलाई जोड दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीमा अहिले सबैभन्दा जोडदार ढंगले उठेको आवाज हो – पश्चिमा विचारबाट मुक्त हुनुपर्छ। कतिसम्म भने तङ स्याओपिङले थालेको सुधार र खुलापनको जग मानिएका नीजि स्वामित्वका व्यवसायमाथि पनि आलोचना हुन थालेको छ। 

अर्कोतर्फ चीनले बढी नै आत्मश्लाघा प्रदर्शन गर्न थालेको पनि छ। चिनियाँ मोडल अन्तर्गतको उसको चार दशकको सफलतालाई चिनियाँ नेताहरूले उद्यमीहरूको कारणभन्दा पनि चिनियाँ कम्युनिष्ट पार्टीको कारण भन्न थालेका छन्। 
‘चिनियाँ मोडल भन्ने धारणाले चीनलाई गलत बाटोमा डोहो-याइरहेछ। त्यसैले त हामी उल्टोबाटोमा छौँ।’, बजार समर्थक अर्थशास्त्री झाङ वेइयिङ भन्छन्। 

अवश्य पनि चीनले विगतमा पटक–पटक बाटो फेरेको छ। र, प्रायजसो व्यवहारवादले नै जितेको छ। 

त्यसो त चिनियाँ नेताहरूले सन् २०१८ मा तङका छोराबाट केही सुझाव पनि पाएका छन्। शीर्ष नेताहरूको अगाडि दिएको मन्तव्यमा तङ पुफाङले चिनियाँ नेताहरूको प्रशंसा गर्दै भने चीनको खुलापन शुरु भएपछि यो पछि फर्किन सक्दैन। 

‘सुधार र खुलापन जनताको मुक्ति हो’, उनले भनेका थिए, ‘यसले आम जनताको ईच्छाको सम्बोधनलाई जोड दिन्छ। सुखी जीवनको सुनिश्चितता गछ। ज्ञान र जनताको शक्तिलाई स्वीकार्छ। यसले हरेक साधारण मान्छेलाई आफ्नो जीवन सुधार्ने र नियती परिवर्तन गर्ने अवसर प्रदान गर्छ।’

– ब्रड्शरले सन् २००२ देखि ‘द टाइम्स’का लागि चिनियाँ अर्थतन्त्रको रिपोर्टिङ गरिरहेका छन्। उनी पहिले हङकङ ब्युरो चिफ थिए। अहिले सांघाई ब्युरो चिफ छन्।

– युआन ‘द टाइम्स’ र ‘द वालस्ट्रिट जर्नल’की एसिया टेक्नोलोजी स्तम्भकार हुन्।

– द न्युयोर्क टाइम्सबाट अनुवादः लक्ष्मण श्रेष्ठ

उदाउँदो चीन शृंखलाका अन्य लेखः

शृंखला १ः यसरी फेरियो चीन

शृंखला २ःविश्व अर्थतन्त्रमा यसरी पुग्यो चीन

शृंखला ३ः देशभक्तिले जोडेको सपना

शृंखला ४ः चीनमा सुधार र खुलापनाका चालिस वर्ष

शृंखला ५ः अमेरिकी व्यापार युद्धलाई चीनले कसरी सामना गर्ला?

शृंखला ६ः मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

शंखला ७ः समुद्रमा चीन–अमेरिका टक्कर

शृंखला ८ः किन बढ्दै छ चीनमा पुस्तान्तरण दूरी ?

शृंखला ९ः बेल्ट एन्ड रोडमा के चाहन्छ चीन?

शृंखला १०ः चीनको विकास, जहाँ अर्थशास्त्री असफल भए







यसमा तपाईको मत


अन्य समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...