कर्णालीको पीडा : विमान नहुँदा यात्रु अलपत्र

बुधबार, २० चैत २०७५, १५ : २६ नागरिक

सुर्खेत–  पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णाली मुक्त हुनसकेको छैन। यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन्। विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन्।

उपचार एवं विभिन्न कामले राजधानी सुर्खेत झरेका उनीहरुलाई बेलैमा हुम्ला कसरी पुग्ने भन्ने कुरोले पिरोल्न थालेको छ। वर्षेबाली लगाउने बेला चुक्ने हो कि भन्ने कुराले बढी पिरोलेको यात्रु छवि थापाले बताए। “उसै त हुम्लामा उत्पादन नै कम हुन्छ,” उनले भने, “बाली लगाउने बेला चुक्यो भने भोकमरी पर्ने निश्चित छ।”

हवाई यातायातको विकल्प नभएको हुम्लाको समस्याप्रति सरकारको चासो नरहेको हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले टिप्पणी गरे। “निजी जहाज आफू खुशी चल्छन्,” अध्यक्ष लामाले दुखेसो पाेखे, “सरकारको जहाजले राजधानी सुर्खेत–हुम्ला सेवा दिदैन।” उनका अनुसार यात्रुलाई प्राथमिकतामा राखेर काम गर्नेगरी यही चैत १८ गते तारा, सीता र समिट विमानका कम्पनीसँग हप्ताको एक दिन यात्रु उडान गर्न सम्झौता गरिएको छ।

यात्रु जय बुढाले सरकारी जहाज नहुँदा निजी विमान कम्पनीले टिकट नदिने गरेको बताउँछन्। गरीबी, पीडा र अविकासमा राज्य आजसम्म गम्भीर नबन्दा झनै पीडा खेप्नु परेको उनको दुखेसो थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै नेपाल वायुसेवाको सेवा राजधानी सुर्खेतबाट हुम्लालगायत सबै जिल्लामा दिन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णयगरी पठाएको बताउछन्। सडकमार्ग जोडिएका जिल्ला नभइ राजधानी सुर्खेतबाट हवाई यातायात एकमात्र विकल्प भएको जिल्ला हुम्ला जोड्न नेपाल वायुसेवा निगम सम्बन्ध ‘सेतु’ बन्नुपर्नेमा उनको जोड छ। 

मुख्यमन्त्री शाहीले भने,“यसका विषयमा हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि बस्यौं, कहिले पाइलट छैन, कहिले केही छैन भनेर टारियो।” पटक/पटकको मन्त्रिपरिषद्को निर्णयले एउटा जहाज भाडामा दिन वा अर्को जहाज किन्ने स्वीकृत प्रदान गर्न सङ्घलाई अनुरोध गर्दा पनि त्यसको सम्बोधन हुन नसकेको उनको भनाइ छ।

नागरिक उड्डयन कार्यालय सुर्खेतकाे प्रमुख विनोद पन्तले नेपाल वायुसेवा निगमको जहाज कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कुनै पनि जिल्लामा नजोडिएको जानकारी दिए। “निगमको जहाज चले हुम्ला नागरिकको आधा समस्या हल हुन्छ,” उनले भने, “यहाँ सेवा प्रवाह गर्दा निगमलाई पनि घाटा छैन।” रासस







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad