७ वैशाख २०८१ शुक्रबार
समाज

एड्स राेगका कारण सिरहामा २४ जनाको मृत्यु

लहान। एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए। 

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १ सय ६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए। 

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउँदै उनले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको बताए।

वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो। एचआइभी एड्ससम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ। रासस

प्रकाशित: २० चैत्र २०७५ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App