के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा।
विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।
नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ– फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि उचित होइन।