७ वैशाख २०८१ शुक्रबार
कला

पुलिसवाली करिना

मुम्बई– बलिउड अभिनेत्री करिना कपूरले आफ्नो फिल्मी करियरमा धेरै किसिमका भूमिका निर्वाह गरिसकेकी छन्। जसकारण उनले दर्शकबाट राम्रै माया पनि पाएकी छन्। अब चाँडै नै उनी अलिक फरक किसिमको भूमिकामा देखिँदैछिन्। अर्थात् उनी अब दर्शकमाझ पुलिसवालीको चरित्रमा आउँदैछिन्।

समाचारअनुसार करिना फिल्म ‘हिन्दी मिडियम’को सिक्वेलमा पुलिसवाला भूमिकामा देखिनेछिन्। यो फिल्मका लागि अभिनेता इरफान खानले शीर्ष भूमिकाका लागि हस्ताक्षर गरिसकेका छन्। केहीले फिल्ममा करिना शीर्ष भूमिकामा हुने भने पनि केहीले भने उनको भूमिका केबल केमियोमात्र हुनेछ भन्ने जनाएका छन्।

होमी अदजानियाको यो फिल्मका लागि करिना आगामी मे पहिलो साता लण्डन पुगिसक्नेछिन्। फिल्मी करियरको करिब १९ वर्षपछि पुलिसवाला भूमिकामा अभिनय गर्न पाउँदा करिना निकै उत्साहित पनि छिन्।

तर करिनाको अभिनय र उनको भूमिकाको विषयलाई लिएर करिना र फिल्म निर्माणसँग सम्बन्धित कुनै पनि पक्षले केही मुख खोलेका छैनन्। करिना हाल फिल्म ‘गुड न्यूज’को सुटिङमा व्यस्त छिन्। यो फिल्ममा अक्षय कुमार र दिलजीत दोसांझको पनि अभिनय छ। यो फिल्मपछि उनी करण जोहारको पिरियड ड्रामा फिल्म ‘तख्त’मा व्यस्त हुनेछिन्।

प्रकाशित: २० चैत्र २०७५ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App