coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खुकुरी प्रहारबाट साउद घाइते

बाजुरा- खुकुरी प्रहारबाट तोलीमा एक युवक गम्भीर घाईते भएका छन्। स्थानीय दशै मेला हेर्न आएका गोकुद साउद घाईते भएका हुन् । अछाम कुसकोट ३ बस्ने १९ वर्षका साउँद मेला हेर्न तोली आएका थिए।  

उनलाई तोली–३ बस्ने २२ वर्षका लोकेन्द्र साउँदले खुकुरी प्रहार गरेका हुन् । विहान दशै मेला सकिने समयमा सामान्य विवादपछि खुकुरी प्रहरी गरेको प्रहरी निरीक्षक हरिहर सुनारले बताए । खुकुरी प्रहारबाट गम्भीर घाईते साउँदको अछामको बयालगडा अस्पतालमा उपचार भईरहेको छ ।

साउँदको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । खुकुरी प्रहार गर्ने लोकेन्द्र साउँदलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ । गाउँमा आउँदा बढी दादागिरी गर्ने, साउँदलाई प्रहरीले आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बताएको छ । खुकुरी प्रहार गर्ने साउँदको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

तोली १ पूर्वतामा कोजागत पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ। मेला हेर्न जिल्लाको तल्लो क्षेत्रका ७ बढी गाविस सहीत अछाम जिल्लाबाट पनि आउने गर्दछन् । रातको समयमा जात्रा हुने हुँदा झै झगडाका घटना बढी हुने गरेका छन्।

 

प्रकाशित: १ कार्तिक २०७३ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App