coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अबहानीसँग भिड्दै मनाङ

पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक छिरिङ लाेप्साङ गुरूङ र कप्तान र विराज महर्जन। तस्बिर: नागरिक

 काठमाडौं– एसियाली फुटबल महासंघको आयोजनामा बुधबार काठमाडाैंमा हुन लागेको  एएफसी कप २०१९ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्दै छ।

मंगलबार भएको प्री म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक र कप्तानले बुधबार हुने खेलका लागि दुवै टोली तयार रहेको प्रतिक्रिया दिए। अखिल नेपाल फुटबल संघ (एन्फा) स्थित मुख्यालयमा हुने खेल  दिउँसो ३ बजे हुनेछ। बंगलादेशको लिग च्याम्पियन अबहानीले नेपाली टोली मनाङको सामना गर्न लागेको हो।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अबहानीसँग खेल्न आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताए। ‘टोलीकोे तयारीले अन्तिम रूप पाएको छ। पाहुना टोलीको सामना गर्न टोली पूर्ण रूपमा तन्दुरुस्त छ,’ प्रशिक्षक गुरुङले भने, ‘मानसिक र शारीरिक हिसाबले हामी सबै तयार भएका छौं।’

यस्तै टोलीका कप्तान विराज महर्जनले समान स्तरको क्लबसँग आफ्नो टोली तयार भएको बताए। ‘हामी शारीरिक र मानसिक रूपमा तयार भएका छौं,’ कप्तान विराज महर्जनले भने, ‘अबहानी राम्रो टोली हो। हाम्रो टोली पनि राम्रो छ।’

यस्तै अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले घरेलु टोली मनाङसँग जितको खोजीमा मैदान उत्रिने बताए। ‘पहिलो खेलमा नै जित निकाल्ने उद्देश्यका साथ नेपाल आएका छौं। जित निकाल्दै एएफसी कपमा सुखद सुरुआत गर्न चाहन्छौं,’ प्रशिक्षक लेमोसले भने, ‘पहिलो खेल महत्वपूर्ण हुन्छ। त्यसैले मनाङसँग खेल्नका लागि अगाडिदेखि नै हामीले घरेलु खेलाडीको आनिबानीलाई ख्याल राखेका छौं। फलो गरिरहेका छौं।’

अबहानीका कप्तान सहिदुल अलाम सोहेलले पनि बुधबार हुने खेलमा आफ्नो टोली जितको खोजीमा मैदान उत्रिने बताए। 
समूह ‘ई’ अन्तर्गत बुधबार नै दुई भारतीय क्लब मिनेर्भा पन्जाब र चेन्नायिन एफसी पनि आमनेसामने हुँदै छन्। प्री म्याच कन्फरेन्समा मनाङले एएफसी कपअन्तर्गत अबहानीसँगको खेलका लागि घरेलु जर्सीसमेत सर्वाजनिक गरेको छ। यसै खेलदेखि मनाङले केल्मीले उत्पादन गरेको जर्सी लगाउनेछ। यसअघि मनाङले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिंग्नेचर रक्सी लोगो अंकित जर्सी लगाएर खेल्दै आएको थियो।

समूह ‘ई’ मा रहेको मनाङसहित, मिनेराभ पन्जाब, ढाका अबहानी र चेन्नाइनी रहेका छन्। मनाङले अबहानीसँगको अवे खेल जुन १९ मा बंगलादेशको मैदानमा सामना गर्नेछ। 

 

प्रकाशित: २० चैत्र २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App