भारत र चीन त्रिपक्षीय साझेदारीका विषयमा सकारात्मक: प्रधानमन्त्री

सोमबार, ०१ कार्तिक २०७३, १७ : ०१ मणि दाहाल  | @maninagarik

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी. जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय साझेदारीको विषयमा कुरा गरेको बताएका छन्।

भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिएर फर्कने क्रममा आज त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले आफ्नो कुरालाई महत्व दिएको प्रधानमन्त्री दाहालले बताए।

राष्ट्रपति सी सँग यसरी भेट भो

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग वान टु वान बार्ता गर्न खोजेको भन्दै त्यो अवसरलाई 'ढुंगा खोज्दा देवता' मिले जस्तो भएको बताए।

'म वेटिङमा बसिरहेको थिएँ त्यहाँ चिनियाँ राष्ट्रपति सी आउनु भयो, हामीले कुरा गर्दै गर्दै भारतका प्रधानमन्त्री मोदी जी पनि त्यहाँ आउनु भयो', दाहालले भने, 'प्रविधिक कारणले हामी तीन जना एउटै कोठामा भेट भयौं, उहाँहरुसँग मैले नेपालकफ शीरउच्च हुने गरी कुरा गरें।' प्रधानमन्त्री दाहालले यो त्रिपक्षिय बार्ता नभए पनि त्रिपक्षीय साझेदारीको विषयमा कुरा भएको बताए।  

'म वेटिङमा बसिरहेको थिएँ त्यहाँ चिनियाँ राष्ट्रपति सी आउनु भयो, हामीले कुरा गर्दै गर्दै भारतका प्रधानमन्त्री मोदी जी पनि त्यहाँ आउनु भयो', दाहालले भने, 'प्रविधिक कारणले हामी तीन जना एउटै कोठामा भेट भयौं, उहाँहरुसँग मैले नेपालकफ शीरउच्च हुने गरी कुरा गरें।'

प्रधानमन्त्री दाहालले तीन नेताको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। 'म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए', दाहालले भने, 'हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।'

भेटमा दाहालले तीनै देशलाई बुद्धले जोडे जसरी नेपालले पनि पुलको काम गर्न चाहेको स्मरण गरेको बताए।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रशंग

सो भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न आग्रह गरेको बताए। यस अघिका सरकारसँग भएका सम्झौता कार्यान्वनको विषयमा महत्वपूर्ण कुरा भएको उनले बताए।

राष्ट्रपति सीले ब्रिक्स सम्मेलन वरपरनै नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो। तर अन्तिम अवस्थामा उनी बंगलादेश पुगे पनि नेपाल भ्रमण कार्यसूचीमा परेको थिएन।

राष्ट्रपति सीलाई आफुले पाँच मिनेट कुराएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै सञ्चारमाध्यमलाई जिम्मेवार बन्न दाहालले आग्रह गरे। दाहालले सार्क सम्मेलन छिटो गराउने विषयमा त्यहाँ उपलब्ध सदस्य राष्ट्रसँग छलफल भएको जानकारी दिए। भूटानी प्रधानमन्त्रीसँग शर्णार्थी समस्या समाधानको विषयमा छलफल भएको दाहालले बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad