coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. गोबिन्द केसी बारामा

बारा - आईतबार बेलुका आएको हावाहुरीबाट पिडित बनेकाहरुको उपचार र राहत समाग्री बितरण गर्नको लागि डा.गोबिन्द केसी बारामा आएका छन्।

मंगलबार पुरैनिया पुगेको डा.केसीले हावाहुरीमा घाईते भएकाहरुका उपचार र राहतको समाग्री समेत बितरण गरेका छन्। पुरैनियका र भतुही भरवलीयामा पुगेर १५० जना भन्दा बढि घाईतेहरुको उपचार गरिएको र पिडितहरुलाई खद्यान्य र कपडाहरु समेत बितरण गरिएको डा.केसीले बताए।
फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियकाका वडा अध्यक्ष जाकिर हुसेन लगाएत धेरै जनाको उपचार गरेको छन्। डां केसीले क्षतिग्रस्त गाउँमा पुगदा अधिकाँश घरहरु भत्केको र धेरै जना अझै पनि उपचारबाट बन्चित रहेको अवस्था देखिएको बताए। हावाहुरीको कारणले बारामा मात्रै मंगलबार सम्म २७ जनाले ज्यान गुमाएका छन भने ६ सय ४ जने घाइते भएको बारा प्रहरीले जनाएको छ।

मृत्य र घाईते बाहेर मंगलबार दिउँसोसम्म १५ सय भन्द बढीले घर गुमाएको तथ्याँक संकलन गरिएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७५ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App