coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरी प्रभावित बस्तीमा रौतहटका स्थानीय तहबाट राहत

फेटा (बारा)– बाराको फेटा गाउँपालिकामा आइतवार राति हावाहुरीसँगै आएको ठूलो बवण्डरको चपेटामा परेर ज्यान गुमाएका तथा घरबार गुमाएका पीडित परिवार समक्ष राहत पुर्याउन रौतहटको स्थानीय तहबाट ओइरो लागेको छ।

फेटा गाउँपालिकाको पुरैनिया, भेलवरिया, भलुवाही लगायतका प्रभावित बस्तीमा रौतहटको परोहा, गढीमाई र राजपुर नगरपालिकाबाट राहतका प्याकेजहरु लिएर नपाका मेयरहरु स्थलगत रुपमा राहत वितरणमा पुगेका छन्।

पीडामा रहेका छिमेकी जिल्लावासीलाई केही मलहमपटी पुगोस भन्ने उद्देश्यका साथ परोहा नगरपालिकाका मेयर शेख वकिलले एक सय क्यून्टल चामल च्यूरा, दाल, चाउचाउ, विस्कुट, ५०० त्रिपाल, लगायतका सामग्री वितरण गरेको बताए।  

यसैगरी गढीमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादवको अगुवाईमा चामल ४० बोरा, विस्कुट, चिउरा, चाउचाउ पानी, झुल, औषधि लगायतका राहत सामग्री वितरण नायव सुब्बा नागेन्द्र यावले बताए।

यस्तै राजपुर नगरपालिकाका मेयर सकिल अख्तरले पनि ठूलो परिमाणमा पीडित परिवार समक्ष राहत पुर्याएर मानवीय सहायतामा योग्दान गरेका छन्। हावाहुरी प्रभावित बस्तीका पीडितलाई मुलुकको विभिन्न स्थानहरुबाट राहत एवं सहयोग पुर्याउने क्रम जारी रहेको छ। 

फेटामा भएको भयानक त्रासदीमा दिवंगत भएकाहरुको आत्माले शान्ति पाओस भनेर रौतहट सदरमुकाम गौरको विपी चोकमा समाजसेवी, विद्यार्थी र स्थानीयहरु मिलेर मैनवत्ती बालेर श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७५ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App