coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यायपरिषदद्वारा सर्वोच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १७ न्यायाधीश नियुक्त र पदस्थापन

काठमाडाैँ - न्यायपरिषद्ले सर्वोच्च अदालतमा पाँच न्यायाधीशसहित २३ न्यायाधीशको सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा उच्च अदालतमा कर्यरत रहेका दुई न्यायाधीश र वकिलबाट तीन जना गरी ५ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमध्ये सार्वोच्चमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा छन् भने  वकिलबाट बरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल  र मनोजकुमार शर्मा रहेका परिषद्का सूचना अधिकृत टेकनाथ गौतमले जानकारी दिए। सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन्। त्यस्तै आजकै बैठकले १८ जनालाई  विभिन्न उच्च अदालतमा पदस्थापन सहित नियुक्त गरेकाे छ।

उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरूमा नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य  निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल छन्। त्यस्तै यसअघि  पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी,  पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ। अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App