८ वैशाख २०८१ शनिबार
खेल

सबिनालाई स्वर्ण

काठमाडौं – मलेसियामा भएको एसिया प्यासिफिक तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।

मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिभर्सिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अंकबहादुर घर्तीमगरले जानकारी दिए। सबिनाले फाइनल खेलमा मलेसियाका खेलाडी साह आलमलाई हराउँदै ७–० ले स्वर्ण जितेकी थिइन्।

त्यसअघि सबिनाले आफ्ना ६ प्रतिद्वन्द्वीलाई पन्छाउँदै स्वर्ण पदकका लागि भिडन्त तय गरेकी थिइन्। प्रतियोगितामा नेपालका ९ खेलाडीले फाइट र प्याटर्नमा प्रतिस्पर्धा गरे पनि पदकविहीन रहेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए। उक्त प्रतियोगितामा १३ राष्ट्रका १ हजार ७ सय ५० खेलाडीले चुनौती प्रस्तुत गरेका थिए।

प्रकाशित: १९ चैत्र २०७५ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App