coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोहितलाई जरिवाना

काठमाडौं – सुस्त गतिमा ओभर सकाएका कारण मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन्। शनिबार किङ्स इलेभेन पन्जाबसँगको खेलमा सुस्त गतिमा ओभर फ्याँकेकाले शर्मालाई आइपिएलले १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको हो। 

मुम्बईका बलरले गत शनिबारको खेलमा निर्धारित समयभन्दा सुस्त गतिमा ओभर सकाएका थिए। जसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको नियम उल्लंघन गरेको भन्दै आइपिएलले शर्मालाई कारबाही गर्याे। नियमअनुसार २० ओभर बलिङ ७५ मिनेटभित्र सक्नुपर्ने हुन्छ। यद्यपि, मुम्बईले भने ७५ मिनेटभन्दा बढी समय लगाएको थियो। 

उक्त खेलमा मुम्बई पन्जाबसँग ८ विकेटले स्तब्ध भएको थियो। मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। मुम्बई जारी आइपिएलमा ३ खेलमा २ मा पराजित भएको छ। मुम्बईले आफ्नो चौथो खेल आगामी ३ अप्रिलमा चेन्नईसँग खेल्नेछ।

 

प्रकाशित: १९ चैत्र २०७५ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App