coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार राजु घले १५ वर्षपछि पक्राउ

काठमाडौं-ठमेलको जुली–५४ डिस्कोमा भएको हत्या घटनाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आरोपी राजु घलेलाई असोज १६ गते पक्राउ गरेको हो ।

ब्युरोका अनुसार ०५७ कात्तिक १७ गते घलेसहित १० जनाको समूहले सुर्वण गुरुङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । घटनालगत्तै पक्राउ परेका घले पुर्पक्षका लागि थुनामा गएर ०५९ असोज १८ मा धरौटीमा रिहा भएयता फरार रहेका थिए ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशले रिहा भएका घले ०६३ मा कामका लागि कोरिया गएर तीन वर्षपहिले नेपाल फर्किएका थिए । अदालतको ०६४ पुस १२ को अन्तिम फैसलाले जन्मकैद सजाय तोकेका घले त्यसयता लुकिछिपी बस्दै आएका थिए । आइतबार फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएका घलेलाई अदालतको आदेशले केन्द्रीय कारागारमा पठाइएको छ ।

प्रकाशित: १ कार्तिक २०७३ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App