coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुरीकाे असर : मदरसा भत्किदा बालबालिकाकाे पढाइ प्रभावित

बारा (फेटा)– आइतबार साँझ आएको हावाहुरीले बारास्थित फेटा गाउँपालिकाको चार सय बढी घर भत्कायो। करिब २८ जनाको ज्यानको ज्यान गयौं। सयौं घाइते भए। घरसँग मुस्लिमकहरूको धार्मिक स्थल मस्जिद र उनीहरू पढ्ने मदरसा पनि भत्कियो।

मुस्लिम समुदायको धार्मिक आस्थाको केन्द्र फेटाको मस्जिद भत्किएपछि घर भत्किँँदा पनि उनीहरू ‘अल्लाहलाई त छाडेन, हामीलाई के छाड्छ’ भन्दै चित्त बुझाइरहेका छन्। फेटा गाउँपालिका ६ को पुरैनीयामा रहेको जमिया मस्जिद र मदरसाको झ्याल, ढोका, पर्खालसँगै भौतिक संरचना ध्वष्त भए।

मस्जितकै उत्तरपट्टी रहेको ७० वर्षीय इजाहार अन्सारीको परिवारका चार जना सदस्यको ज्यान गयो। यस्तै, उत्तरपश्चिमपट्टी रहेको फजुलहक मिया ठकुराईको श्रीमती र बुहारीको घर भत्किँदा मृत्यु भयो।

छोरा विदेश भएकाले जोगिए। उनी घरमा देएनन्। घटना सुन्ने बितिकै फजुलहककी ७५ वर्षीया सासु पश्लिमा खातुन आइपुगिन्। घटना भएको लगत्तै आएकी खातुन छोरी र नातिनीबुहारीको लास देखेर विक्षिप्त भइन्। ‘एक्कासी धुँवा र आगोको मुस्लो एक्छिन आयो र घर मान्छे सबै लग्ग्यो’, आँखाभरि आँसु पार्दै खातुनले भनिन्,‘अल्लाहलाई त छाडेनँ हामीलाई के छाड्थ्यो र! यस्तो त जिन्दगीमा कहिल्यै देखेको थिइनँ।’

प्रभावित क्षेत्रको अवलोकनका लागि मुस्लिमहरूको संस्था जमियत ओलमाए नेपालका महासचिव महमदखालीद सिदिकी पुगे। उनले आफूहरूको संस्थाको आकस्मिक बैठक रौतहटको हजबिनियामा बस्ने जानकारी दिए। उनले संस्थाले घर पुनर्निमार्णका लागि जस्तापात उपलब्ध गराउने बताए। ‘सरकारी तबरबाट राहतका लागि ठोस पहल भएको देखिएन’, उनले भने, ‘राहतका लागि सरकारले उचित पहल गरोस्।’

 

प्रकाशित: १९ चैत्र २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App