८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा परी रूपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही - रुपन्देहीमा सोमबार भएका दुई छुटाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

राति ८ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना बुद्ध चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सैनामैना ५ बुद्धनगर निवासी २० बर्षीय सुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। लु१ख ७८२२ नम्बरको ट्रकले लु४७प ९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनमा मोटसाइकलमा सवार सोही ठाउँका २२ वर्षे श्यामु चौधरी गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सोमबार साँझ सवा सात बजेतिर बुटवल धागो कारखाना नजिकै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुघटनमा देवदह ४ का ५० वर्षे डोलराज अर्यालयको मृत्यु भएको हो। 

खैरनीबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २२२५नम्बरको टिप्परले लु२२प ४९७९ नम्बरको मोटसाईकललाई ठक्कर दिदा अर्याल घाईते भएका थिए। अर्यालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अर्याल बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

प्रकाशित: १८ चैत्र २०७५ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App