coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आइपीएल : पञ्जाबविरूद्ध सन्दीपले लिए दुई विकेट

काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। दिल्ली क्यापिटल्स् बाट खेलिरहेका सन्दीपले आफ्नो अन्तिम ओभरमा सर्फराज खानलाई आउट गरेका हुन्। 

यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले एस कुरानलाई आउट गरेका थिए। पञ्जाबकाे घरेलु मैदान माेहालीमा भइरहेकाे आजकाे खेलमा सन्दीपले ४ ओभर खेल्दै २७ रन खर्चिए। उनकाे बलमा पञ्जाबका व्याट्सम्यानले २ छक्का प्रहार गरेका थिए।

यसअघि काेलकाताविरूद्धकाे खेलमा अवसर पाएका सन्दीपले २९ रन खर्चिदै १ विकेट लिएका थिए। काेलकाताविरूद्ध सन्दीप सबैभन्दा कम रन खर्चिने बलर थिए। 

प्रकाशित: १८ चैत्र २०७५ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App