coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

हलो हजुर म गोकर्ण विष्ट बोल्दै छु, के गुनासो छ भन्नुस त ...

काठमाडौं– सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। 
 
वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ।
 
सो सेन्टरको सञ्चालनबाट मन्त्रालयअन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ। उक्त कल सेन्टरको सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुभारम्भ गरे। 
 
सो अवसरमा मन्त्री विष्टले गुनासोको प्रकृति हेरेर सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइने उल्लेख गर्दै गुनासोका संवेदनशीलता हेरेर तत्काल समाधान खोजिने बताए।
 
सेन्टरमार्फत मन्त्रालयले मुख्य गरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका साथै मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गरिने मन्त्री विष्टले .जानकारी दिए।
 
उनले वैदेशिक रोजगारीमा ठगीलगायतको समस्यामा परी न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका वा स्वास्थ्य समस्या भई घर फर्कन चाहने, मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्यामा परेका, झुठो मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानूनी सहायताको आवश्यकता रहेका व्यक्तिले सेन्टरमा फोन गरी सहायताका लागि अनुरोध गर्न सक्ने बताए। 
 
उनका अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम, सीप विकास तालीम, वैदेशिक रोजगारीमा सुरक्षितरुपमा जान अपनाउनुपर्ने प्रक्रिया, सरकारबाट स्वीकृतिप्राप्त निजी सङ्घसंस्थाबारे सेन्टरबाट जानकारी लिन सकिने छ।
 
थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :

प्रकाशित: १८ चैत्र २०७५ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App