coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

भीआईपी सवारी जनतालाई सास्ती

काठमाडौं –भीआईपी सवारीका कारण जनताले सधैं सास्ती भोग्दै आउनुपरेको छ। भीआईपील कै कारण सर्वसाधरणले घण्टौसम्म सडक जाममा बस्न बाध्य छन्। सर्वसाधरणले घण्टौं जाममा बस्नुपर्दा आफ्नो महत्त्वपूर्ण काम पनि छुट्ने गरेको छ भने समय त्यसै बर्बाद भइरहेको छ। 

केही समय अगाडि मात्र राष्ट्रपति भोजमा जान निस्कँदा भएको जामलाई जनताले बेवास्ता गर्दै अवज्ञासमेत गरेका थिए जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

केही समयअघि मात्रै बिमस्टेक सम्मेलनमा आएका पहुनाको सुरक्षामा खटिएका सुरक्षाकर्मी दुर्घटनामा परेका थिए भने भर्खरै मात्र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको गाडीले गलत ठाउँबाट ओरटेक गर्दा स्कुटरमा सवार सर्वसाधारणलाई  धक्का दिएको थियो। त्यति मात्र होइन स्कुटरमा सवार दुई यात्रु लड्दासमेत भीआईपीलको सुरक्षमा खटिएका सुरक्षाकर्मीले बेवास्ता गर्दै अघि बढे। 

यसले जनताको अभिमतबाट भीआईपील बनेका प्रतिनिधि जनताप्रति कति उत्तरदायी छन् भन्ने प्रष्ट पार्छ। 

भीआईपीलको सुरक्षा अत्यावश्यक छ। तर सुरक्षाको नाममा जनतालाई नै सास्ती दिनुचाहिँ ठीक होइन। नेपालमा भीआईपील पनि धेरै छन्। अब भीआईपीलको वर्गिकरण गर्न आवश्यक छ, र भीआईपीले सडकमा चाप भएको समयमा सवारी नगरिदिए समस्या आफैं घटेर जाने थियो कि?

प्रकाशित: १८ चैत्र २०७५ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App