१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा सांसदले एक दिनको तलब पीडितलाई दिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। 

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेर यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलार्य राहत र उद्दारमा खटिनसमेत निर्देशन दिए। प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन्। उनी भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका छन्।

प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए। प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए।  प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए। 

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ। 

 

प्रकाशित: १८ चैत्र २०७५ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App