coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिप दुर्घटनामा चालकसहित ११ घाइते

दमौली- तनहुँको वसन्तपुर गाविस-३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइन्छ । डुमे्रबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । 

गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ । जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन । राति भएको उक्त दुर्घटनाका घाइतेलाई पुर्कोट इप्रका भानु डुर्मे र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रनाउ गुरुङको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो । जिप दुर्घटना हुनाका कारण खुल्न सकेको छैन । रासस 

प्रकाशित: १ कार्तिक २०७३ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App